अनैतिक त्रियाकलापमा संलग्नको आरोपमा गोंगबु क्षेत्रबाट २८ जना नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौं । अनैतिक त्रियाकलापमा संलग्नको आरोपमा नेपाल प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रबाट २८ जनालाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टबाट अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्रेको हो । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले गोंगबु स्थानीयको गुनासोका आधारमा प्रहरीले छापा मार्दा अनैतिक क्रियाकलाप गरेको भेटिएको बताए ।

छापा मार्न गएको प्रहरीलाई घुस अफर  छापा मार्न पुगेको प्रहरी टोलीलाई केही खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले प्रभावमा समेत पार्न खोजेका थिए । प्रहरीका अनुसार, बिजीमल नजिक सञ्चालित पूजा रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीले अनुगमनमा पुगेको प्रहरी टोलीलाई १८ हजार अफर गरेका थिए । प्रहरी उपरीक्षक प्रसाईंका अनुसार, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो समय देह व्यापार हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामात्र अनैतिक क्रियाकलापमा संलग्न १२५ जनालाई प्रहरीले पक्रेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।