आन्दोलनमा पत्रकार महासंघ : संसद भवनअगाडि विरोध प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं – मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले आज (शुक्रबार) संसद भवनअगाडि प्रदर्शन गरेको छ ।

महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्ला सदरमुकाममा सञ्चार सामग्रीसहित प्रदर्शन गर्ने निर्णय गरेको थियो । आफूले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघका सचिव रमेश विष्टले जनाएका छन् । पहिलो चरणको आन्दोलन सुरु भएको १ साता बित्दा पनि सुनुवाइ नभएको भन्दै महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । विरोध प्रदर्शन देशैभर भइरहेका छन् ।