आईजीपीले गरे गौशाला वृत्तको आकस्मिक निरीक्षण

प्रकाशित मिति:

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त गौशालाको आकस्मिक निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा आईजीपी खनालले कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने र समुदाय–प्रहरी साझेदारी अनुरूप सेवाग्राहीले महसुस हुने गरी सेवा दिनुपर्ने निर्देशन दिएका छन् ।

सेवाग्राहीलाई छिटोछरितो नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने र अपराध तथा अपराधीविरुद्ध कानूनी कठोरताका साथ कार्यसम्पन्न गर्न कार्यरत कर्मचारीलाई निर्देशन दिएका छन् ।