पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

प्रकाशित मिति:

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेको छ । मुग्लिन प्रहरीका अनुसार जलविरे, घुमाउने र फिस्लिङमा पहिरो खसेको छ ।

पहिरो खसेपछि बिहान ६ बजेदेखि नै यो खण्डमा गाडी चलेको छैन । पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने भएको छ । घुमाउनेमा सडकमाथिबाट ढुंगा खसीरहेको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ ।

यस्तै, जलविरेमा लेदो माटोसहितको पहिरो खसेको छ । बाटो खुलाउन २, ३ घण्टा लाग्ने अनुमान गरिएको छ । बाटो विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र पहाड फुटाएको ठाउँमा पहिरोको जोखिम बढेको छ ।

पानी पर्नासाथ यो खण्डमा हरेक दिनजसो पहिरो खस्ने गरेको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम रहेकाले पानी नपर्दा पनि जुनसुकै बेला खतरा रहेको प्रहरीले जनाएको छ ।