विश्वकप क्रिकेटको कुल पुरस्कार १ अर्ब १२ करोड, विजेताले कति पाउँछ?

प्रकाशित मिति:

बुटवल – जेठ १६ देखि इंग्ल्यान्ड र वेल्समा सुरु हुने २०१९ आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर (४४ करोड ९७ लाख ८० हजार रुपैयाँ) प्राप्त गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार यो पुरस्कार राशी अहिलेसम्मकै उच्च हो। यस्तै उपविजेताले २० लाख डलर प्राप्त गर्ने छ। सेमिफाइनल पराजित हुने टिमले ८ लाख डलर पाउनेछन्। आइसिसीका अनुसार लिग जितका लागि पनि पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशी १ करोड डलर ( १ अर्ब १२ करोड ४४ लाख ५० हजार रुपैयाँ) रहेको छ।

१० टिमको सहभागिता हुने प्रतियोगिताको लिगमा ४५ खेल हुनेछन्। ४६ दिनसम्म विभिन्न ११ स्थानमा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने लागेको हो। प्रतियोगितामा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल जेठ १६ गते आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ। लिगका शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल असार २९ गते लन्डनस्थित लर्ड्स मैदानमा हुनेछ।

विश्वकपको पुरस्कार राशी