सिउँदोमा सिन्दुर किन लगाइन्छ ? जान्नुहोस् ?

प्रकाशित मिति:

हाम्रा कति धर्म-परम्परा यस्ता छन्, जसलाई हामी जानी-नजानी अनुसरण गरिरहेका छौं । जस्तो प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चाहरण गरिन्छ ? कलश किन बनाइन्छ ? सिउँदोमा सिन्दुर किन राखिन्छ ? चरण स्पर्श किन गरिन्छ ? वास्तवमा हामी यी संस्कार वा परम्परा यसकारण अंगाल्दै आएका छौ कि, हाम्रा पिता पूर्खाले त्यही गरे । पिता पूर्खाले गरेको काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । तर, पिता पूर्खाले किन त्यस्तो काम गरे ? हामी सोधीखोजी गर्दैनौं । आँखा चिम्लेर हामी पितापूर्खाले गरेको काम अनुसरण गर्छौ । जबकी पिता पूर्खाले ति संस्कार त्यसै चलाएका होइनन् । यसको विशेष अर्थ र कारण छन् ।

प्रसाद किन चढाइन्छ ? – कुनै पूजाआजापछि प्रसाद सेवन गरिन्छ । अर्थात पूजाआजा गरिरहँदा प्रसाद अनिवार्य रुपमा बनाइन्छ । अक्सर प्रसाद फलफूल वा शुद्ध परिकारबाट बनाइन्छ । प्रसाद दिनु वा प्रसाद ग्रहण गर्नु भनेको एक हिसाबले कृतज्ञता प्रकट गर्नु हो । गीतामा भगवान श्रीकृष्णले भनेका छन्, ‘हे मनुष्य । तिमी जे पनि खान्छौ, जति दान दिन्छौ । होम यज्ञ गर्छौ, तप गर्छौ । ति सर्वप्रथम मलाई अर्पित गर । प्रसादको माध्यामबाट हामी ईश्वरप्रति कृतज्ञता प्रकट गर्छौ ।’ ईश्वर अर्थात श्रृष्टि । चरारच जगत । अतः यसले श्रृष्टिप्रति हामी सदैव कृतज्ञ हुनुपर्छ भन्ने संकेत गर्छ । यसका साथै त्यो ईश्वरप्रति आस्थावान हुने भाव पनि हो ।

मन्त्र किन जप गरिन्छ ? मन्त्र जप गरिरहँदा त्यसबाट उत्पन्न हुने शब्द-शक्ति संकल्प र श्रद्धा बलले द्विगुणित भएर अन्तरिक्षमा व्याप्त ईश्वरीय चेतनासँग सम्पर्क गर्छ । अतः अन्तरंग पिन्ड एवं बहिरंग ब्रम्हान्ड एक अद्भूत शक्ति प्रवाह उत्पन्न गर्छ, जसले शिद्ध प्राप्त हुन्छ ।

पूजामा स्वस्तिकको महत् गणेश पुराणमा भनिएको छ कि स्वस्तिक चिन्ह भगवान गणेशको स्वरुप हो, जसमा सबै विध्न बाधा र अमंगल हटाउने शक्ति हो । आचार्य यास्कले स्वस्तिकलाई अविनाशी ब्रम्हाको संज्ञा दिएकी थिइन् । यसलाई धनको देवी लक्ष्मी वा श्रीको प्रतिक पनि मानिन्छ ।

मांगलिक कार्यमा कलश धर्मशास्त्रका अनुसार कलश सुख-समृद्धि, वैभव र मंगल कामनाको प्रतिक हो । देवी पुराणका अनुसारमा मा भगवतीको पूजा-अर्चना गरिरहेको समयमा सर्वप्रथम कलशको स्थापना गरिन्छ । वास्तवमा मानव शरीरको कल्पना पनि माटोका कलशसँग गरिएको छ । यस शरीररुपी कलशमा प्राणीरुपी जल विद्यमान छ । यसप्रकार प्राणविहिन शरीर अशुभ मानिन्छ, त्यसैगरी रित्तो कलश पनि । यसैले कलशमा दुध, पानी, अन्न आदि भरेर पूजा गरिन्छ ।

सिउँदोमा किन सिन्दुर राखिन्छ ? सिउँदोमा किन सिन्दुर राखिन्छ ? खासगरी विवाहित महिलाको सिउँदोमा सिन्दुर लगाइन्छ । यसलाई मंगलदायम मानिन्छ, त्यसैगरी यसले रुप-सौन्दर्यमा निखार पनि आउँछ । यो खासमा विवाहित भएको संकेत हो । शरीर रचना विज्ञान अनुसार सौभाग्यवती नारीको सिउँदोमा जुन स्थानमा सिन्दुर सजाइन्छ, त्यस स्थान ब्रम्हारन्ध र अहिम नामक मर्मस्थल ठिक माथि हुन्छ । स्त्रीको यो मर्मस्थल अत्यान्त कोमल हुन्छ । यसको सुरक्षाको निम्ती पनि त्यहाँ सिन्दुर लगाइन्छ ।