अष्ट्रेलिया, जहाँ सबै नागरिकले अनिवार्य भोट दिनुपर्ने कानुन छ

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
34 Shares


एजेन्सी –अष्ट्रेलियामा शनिबार आमचुनाव हुँदैछ । तर के तपाईंलाई थाहा छ यो मुलुकमा मत दिन योग्य सबै नागरिकले अनिवार्य रुपमा मतदानमा सहभागी हुनुपर्ने कानुन छ । भोट दिन नजाने नागरिकले जरिवाना तिर्नुका साथै अदालतमा समेत जानुपर्ने प्रावधान छ  अष्ट्रेलियामा १९२४ मा पहिलोपटक अनिवार्य मतदानको नियम बनाइएको थियो । त्यसयता ९१ प्रतिशतभन्दा कम मत कहिल्यै खसेको छैन । यस प्रावधानपछि नै मानिसहरुले राजनीतिमा भाग लिन सुरु गरेका थिए । अष्ट्रेलियासहित विश्वका २३ मुलुकमा अनिवार्य मतदानको प्रावधान छ ।

यहाँ भोट नदिने मतदातासँग सरकारले जवाफ माग्न सक्नेछ । सन्तोषजनक जवाफ नदिएमा २० डलर जरिवाना लाग्नेछ । यसका अलावा अदालतको चक्कर पनि काट्नुपर्ने हुन सक्नेछ । अनिवार्य मतदानका विरोधीहरुले यो प्रावधान लोकतन्त्रको मुलभूत आधार स्वतन्त्रताविरुद्ध भएको दाबी गर्ने गरेका छन् । तर समर्थकहरुले सबै नागरिक देशको राजनीतिक अवस्थाप्रति परिचित हुनुपर्ने बताउँछन् । यो प्रावधानकै कारण यहाँ अमेरिका तथा बेलायतमा भन्दा बढी भोट खस्छ । अष्ट्रेलियामा मतदाताका लागि विशेष सुविधा पनि छ । यहाँ जसको घर छैन, उक्त मानिस पनि मतदाताको रुपमा दर्ता हुन पाउछ । मतदान केन्द्र टाढा रहेको अवस्था र बिरामीका कारण अस्पताल भर्ना भएको अवस्थामा पनि ‘समयपूर्व भोटिङ’ को मद्दतले मत दिन सक्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया