विद्यार्थी नेता तामाङ भन्छन् ‘अपमान सहेर बस्दिन, राजीनामा दिन्छुु’

प्रकाशित मिति:

काठमाडौं – नेकपाको विद्यार्थी संगठनमा सह-संयोजकको जिम्मेवारी पाएका पूूर्ब माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले पार्टीले पुनर्बिचार नगरे जिम्मेवारीबाट राजीनामा दिने बताएका छन्।  तामाङले भने ‘कनिष्ठको मातहत राखेर मेरो अपमान गरियो, नेताहरुले पुनर्बिचार गरेनन् भने म अहिलेका जिम्मेवारीमा बस्दिन।’

निर्णय पुनरावलोकनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसंग भेट्नका लागि उनले समय मागेका छन्। नेताहरुले समय मिलाएर खबर गर्ने जानकारी उनलाई गराएका छन्। तामाङले भने ‘उहाँहरुको फोन पर्खेर बसेको छु।’ उनले सहयोगीहरुमार्फत अध्यक्षद्धयसामु आफू यो जिम्मेवारीमा बस्न नसक्ने जानकारी गराइएकेका छन्। अध्यक्षद्धयसंग भेटेर आफूले यसबारे थप प्रष्ट पार्ने उनले बताएका छन्। जनवर्गीय संगठनको एकतामा विद्यार्थी संगठनको नेतृत्व पूर्व एमालेको भागमा परेको छ। जस अनुसार एकतापछि पूर्ब एमालेको विद्यार्थी संगठनका अध्यक्ष संयोजक र पूर्ब माओवादीका अध्यक्ष सहसंयोजक बनाउने मापदण्ड तय गरिएको थियो।

सोही मापदण्डका आधारमा सबै जनवर्गीय संगठनका अध्यक्षहरु संयोजक र सहसंयोजक तोकिएको भए पनि विद्यार्थी संगठनमा भने सो मापदण्ड लागू भएन।विद्यार्थी संगठनको अध्यक्ष नविना लामालाई बनाउनुपर्नेमा उनी सांसद भएको भन्दै प्रधानमन्त्री केपी ओलीको दबाबमा महासचिव ऐन महरलाई संयोजक तोकिएको हो। आफूभन्दा कनिष्ठ महरलाई संयोजक बनाएपछि असन्तुष्ट भएका सहसंयोजक तामाङले पद अस्वीकार गरेका हुन्।