सर्लाहीकी कविता बुगीवुगीकी विजेता

प्रकाशित मिति:

सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले चार लाख नगद पाए ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए ।

त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्।

कविता उस्सुको राष्ट्रिय खेलाडी समेत थिइन् । सन २०१४ को एसियन गेम्समा जाने बेला चोट लागेपछि उनले उस्सु छोडेकी थिइन् । उनले ६ वर्ष उस्सु खेलिन् ।