लोकतन्त्रमाथि वैकल्पिक बहस हुन आवश्यक

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


• सन्देश भण्डारी – जनताले अब राजनीतिक दल र तिनको साइनबोर्डलाई मात्र हेर्दैनन् । लोकतन्त्रका सिद्धान्तलाई जनता यथार्थ रूपमा हेर्न चाहन्छन् नकि खोक्रा नारा र आश्वासनलाई हैन । केही समययता लोकतान्त्रिक अभ्यासमा देखिन थालेका उथल पुथलले परम्परावादी प्रक्रिया र शैलीबाट लोकतन्त्र सही रूपमा चल्न सक्ने देखिदैन । तिनको कार्यक्षमता र आश्वासनबाट उनीहरू आजित भैसकेका छन्  । यसको ज्वलन्त उदाहरण विकसित भनिने संयुक्त राज्य अमेरिकादेखि फ्रान्स, युक्रेनसम्मका परिवर्तनका उदाहरणले देखाएका छन् । विकल्पको खोजीमा जनता छन् । परम्परावादी शैली, सैद्धान्तिक विचलन, नेतृत्वमा ह्रास, राजनीतिको व्यापारीकरण, भ्रष्ट चुनाव देखेर जनता दिक्क भएका छन् । विश्वमा राजनीतिक व्यवस्थाको स्वरुप सधैं एकै खालले चल्न नसक्नुको प्रमुख कारण नेतृत्वको सैद्धान्तिक विचलन, राजनीतिक व्यापारीकरण र भ्रष्टाचारी कार्यशैली हो ।

अति खर्चिलो चुनाव, यसलाई प्रभाव पार्ने मफियातन्त्र, नेतृत्वको भ्रष्टीकरण, नेतामुखी तन्त्र र त्यसको आत्मकेन्ति कार्यशैलीले नेपालको स्थापित गणतन्त्रलाई बदनाम गराइरहेको छ । ती कुर्सीमा बस्नेहरू आफू बाहेक अरु सबै गलत भन्ने ठान्छन्  । तिनको सुधार गर्ने क्षमता नहुदा जनतामा निराशा र आक्रोश बढेको छ । लोकतन्त्रलाई दिगो र जनमुखी बनाउने विकल्पको सोच बदलिंदो परिस्थितिमा ठिकै लाग्छ । कोरा परम्परावादी सिद्धान्तमा आधारित राजनीति या अर्थ व्यवस्था भन्दा व्यवस्थापन क्षमता र त्यसले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कौशलता र शासकीय शुद्धता चाहिन्छ । यस निम्ति देखिने र गरिने काममा जनविश्वास निर्माण हुनुपर्छ । परिवर्तनका सम्भावना छेक्ने संयन्त्र घुमाउरो निर्वाचन प्रणाली ( फस्ट पास्ट द, पोस्ट सिस्टम ) मा सरकार फेर्न संसदको संख्यामा भरपर्ने भएकाले यसले अर्को खालको विकृति बढाई जनविश्वास गुमाउने ठाउं रहन्छ । यस प्रणालीले राष्ट्रपतीय प्रणालीमा जस्तो जनताले सोझै सरकार फाल्ने अवस्था रहदैन । यस्तो व्यवस्था जतिसुकै अलोकप्रिय भए पनि चुनावी अंकगणितले जबर्जस्ती टिक्ने बहाना बन्दा स्वतन्त्र व्यक्तिले ती अलोकप्रिय नेतालाई विस्थापित गर्न अप्ठ्यारो पर्छ । यसको विकल्प राष्ट्रपतीय प्रणाली र समावेशी सदनात्मक व्यवस्थामा सबैका लागी ढोका खुल्ने सम्भावना बढी रहन्छ । यसको उदाहरण फ्रान्स, युक्रेन, सुडान, इन्डोनेसिया, माल्दिभ्स आदि देशले देखाएका छन् । सरकारको कार्य प्रणालीमा जनता असन्तुष्ट भए , ती सम्पूर्ण शासक युक्त नेताहरुलाई पदमुक्त गर्न सकिन्छ ्र हरेक नेतामा जनताको डर हुन आवश्यक छ ्र अनि मात्र देश विकास हुन्छ ्र राष्ट्रवादको सिंढी चढी तानाशाही व्यवस्थामा पुगिने र सर्वसाधारणलाई प्रवाहित गरी तानाशाहहरूको पिछलग्गु बनाइन्छ । जनमत संग्रह गरेर होस् वा निर्मित (म्यानुयाक्चर्ड मतका आधारमा होस उनीहरू सत्तालाई आफू अनुकूल पार्छन्  । आजको विश्व राजनीतिक, आर्थिक र सामाजिक दृष्टिले अस्थिर र अनिश्चित देखिन्छ ।

अन्तर्रा्ष्ट्रिय राजनीतिको चल्दै आएका अवधारणा र सन्तुलन खल्बलिएका छन् । भावी सम्बन्ध र शक्ति सन्तुलन कस्तो हुने भन्न नसकिने अवस्था छ । आजको नेपाल तानाशाही अवस्थामा पुग्ने वातावरणमा छैन । नेपालीहरू उदार लोकतन्त्रका आधारभूत सिद्धान्त र अभ्यासप्रति अभिमुखीकरण हुदै आएको लामो पृष्ठभूमि छ । त्यसैले नेताका आकांक्षा या चाहनाले मात्र तानाशाही सम्भव नहोला । ओली सरकारका केही परिपाटी या गराइले शिक्षित जनतामा केही आशंका रहे पनि नेपालमा लामो अवधिको अधिनायकवाद चल्न गाह्रो पर्छ । तर बढ्दो निराशा, सरकारी असक्षमता र नेता तथा दलप्रतिको बढ्दो आक्रोशले अस्थिरतातिर भने धकेल्न सक्छ । निराशा, बढ्दो जन आकांक्षा, भ्रष्टाचार र नेताहरूको सैद्धान्तिक स्खलनका कारण सत्ता या व्यवस्था परिवर्तन हुने हाम्रो इतिहास छ । हामीले लोकतन्त्र त प्राप्त गरिसकेका छौं, यसैको लागि फेरि संघर्ष आवश्यक नपर्ला । तर जनमुखी लोकतन्त्रको लागि दबाब भने निरन्तर चाहिन्छ । भ्रष्टाचारविरुद्ध प्रश्न उठिरहेको भए पनि समाधान भने भेटिएको छैन । पहिलो, वर्तमान व्यवस्थामा लागेको धमिरा हटाउन प्रयास सबै क्षेत्रबाट गरिनुपर्छ । चुनाव प्रणाली अत्यन्त खर्चिलो, भ्रष्ट भएकाले मर्या्दित पार्न मुख्य दलहरूको राजनीतिक क्षेत्रमा सुधार हुन आवश्यक छ । परिवारलाई मात्र आफ्नो भन्ने हैन, देशलाई पनि आफ्नो भन्न सिक्नुपर्दछ ्र अनिमात्र देश र जनताको बिकास हुन्छन् ्रवडा वडामा रक्सी र मासु को भरमा काम गर्न बन्द गर्नुपर्छ । जनताले आँशु र पसिना बगाएर कमाएको सम्पत्तिमा विकासको नाममा लुट मच्चाउन बन्द गर्नुपछ । अब परम्परावादी सोच र आधारविहीन मोहले कसैको भलो हुदैन । समानुपातिक र समावेशी चुनाव नअगाली यो व्यवस्था सम्भव छैन ।

यदि अहिलेकै ढंगले अघि बढिरहे केही समयमा राजनीतिक (अस्थिरता(अराजकता) स्वतः आउनेछ । यसको विकल्प खोज्न आवश्यक छ ्र यस विषयमा गहिरो स्ध्यान आकर्षण गर्न आवश्यक छ, विचार आफैमा एक शक्ति हो  आज राजनीतिक, आर्थिक, सामाजिक रूपमा विश्वव्यापीकरणको प्रभाव सबैतिर परेकाले व्यवस्थापन गर्न अप्ठ्यारो परेको छ । एकातिर सम्पर्कका आधार व्यापक भएकाले संसारका कुनै भाग टाढा छैनन् भने अर्को समाज विखण्डन र राजनीतिक उथल(पुथलका सम्भावना बढेका छन् । चुनावी परिणामले मात्र स्थायित्व नदिने रहेछ, यदि सरकारको क्षमता दिन प्रतिदिन खिइदै गई जन आक्रोश बढेका खण्डमा । विश्वका अनेक घटनाले के देखाउन थालेका छन् भने अब राजनीतिक दलका आ(आफ्ना पृष्ठभूमि, नेताहरूको जेलनेलको कथा या पारिवारिक पृष्ठभूमिले राजनीति नचल्ने रहेछ । मार्क्स र एंगेल्सले आफ्नो जीवनकालमा तिनको विचारले विश्व दुई धु्रवमा बाँडिएला भन्ने सोचेका थिएनन् होला । गान्धीलाई आफ्नै देशमा महात्मा भनी राष्ट्रपिता मानिए पनि उनका विचार भने उनैका शिष्यहरूले लागू गर्न सकेनन् । तर कतिपय गान्धी विचार सदाचारमा आधारित समता र न्यायी समाज निर्माणका लागि महत्व राख्ने खालका छन्  । समय सापेक्ष सोच बनाउनु र जनतालाई प्रशिक्षित गर्न अघि बढ्नु सराहनीय काम हो । जनताको कल्याण गर्न स्वच्छ लोकतन्त्र चाहिएको छ, नकि औपचारिकतामा अडेको लोकतन्त्र ।

फेसबुकबाट तपाईको प्रतिक्रिया