स्याङ्जा काँग्रेसले देखायो एकताको सन्देश

प्रकाशित मिति:

                                                •कांग्रेसले हार्दा लोकतन्त्र धरापमा : काँग्रेस नेता श्रेष्ठ

वालिङ – नेपाली काँग्रेस भित्र केन्द्रतह देखि गाँउतह सम्म पुगेको गुटगतको अन्त्य गर्न नेपाली काँग्रेस स्याङ्जाले एकताको सन्देश दिन क्षेत्रीय भेला,सहभोज तथा परिचयात्मक कार्यक्रम गरेको छ । ३ क्षेत्र बन्दा बनेको काँग्रेस संरचना संघिय निर्वाचन पछि दुई क्षेत्रमा विभाजन भएको थियो । दुईक्षेत्रमा विभाजन भएपछि गाँउजागरण अभियान सगै महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि लगायत अगुवा कार्यकर्ताहरुको भेला राखेर चिरपरिचित सगै सहभोजन कार्यक्रमको आयोजना गरेर एकताको सन्देश प्रवाह गरेको हो । शुक्रबार क्षेत्र नम्वर दुईले आयोजना गरेको सहभोजन तथा परिचायात्मक भेलामा बोल्ने बक्ताहरुले काँग्रेसलाई एकताको सुत्रमा बाधेर हिड्नुपर्नेमा जोड दिएका छन् ।

सो भेलामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान् श्रेष्ठले कांग्रेसले हार्दा लोकतन्त्र नै धरापमा पर्न लागेको बताउनुभएको छ । कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको बताउनु भएको हो । यो सरकारका पछिल्लो गतिविधि हेर्दा मुलुक हारेको प्रमाणित हुदै गएको जिकिर श्रेष्ठको थियो । सरकारले प्रेस, मानवअधिकार तथा न्यायालयमा निरन्तर आक्रमण गरिएको भन्दै सरकार निरङ्कुस तर्फ लम्किन खोजेको श्रेष्ठले आरोप लगाउनु भयो । सरकारले ल्याएको प्रेस विरोधी विधेयकको कांग्रेसले कडा रुपमा विरोध गरिरहेको जानकारी दिदै नेपाली पत्रकारहरु नडराउन पनि आग्रह गर्नु भयो ।

सरकारले बिकास वजेट खर्च गर्न सकिरहेको छैन भन्दै नेता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारले नै बिकासको फड्को मारेको जिकिर गर्नुभयो । कांग्रेसले शुरु गरेको जनजागरण कार्यक्रममा सवैलाई सक्रिय भएर लाग्न आग्रह गर्दै कांग्रेस एकजुट भएमा चुनाव सहजै जित्न सकिने श्रेष्ठले बताउनु भयो । हामी हारेर निरास बनेका छैनौ श्रेष्ठले भन्नुभयो ,“हामी अझै उत्साहका साथ संगठन मजबुद बनाउन लागि परेका छौं ।” बिगतमा भएका कमीकमजोरी लाई मनन गर्दै कांग्रेस एक जुट भएर लाग्न जरुरी रहेको धारणा श्रेष्ठले व्याक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले नेता देखि कार्यकर्ता सम्मको समान व्यवहारले मात्रै संगठन मजबुद हुने बताउनुभयो । गाँउजागरण अभियानलाई सफल बनाउन सबै लाग्न आग्रह गर्नु भयो । काँग्रेस भित्रै नमिलेको संकेत पाएको नेकपा र सरकारले प्रजातन्त्र कमजोर बनाउने खेल खेल्न लागेको छ नेता गुरुङ्ले भन्नुभयो,“काँग्रेस कमजोर हुदा प्रजातन्त्र कमजोर हुनेछ ।” त्यसैले सबै एकजुट भएर प्रजातन्त्रलाई जोगाउन लाग्नुपर्ने धारणा व्याक्त गर्नुभयो । जनताको वाकस्वतन्त्रतालाई समेत बन्देज लगाउने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक तुरुन्त फिर्ता गर्न पनि गुरुङ्ले माग गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पुर्व पाटी सभापती खगेन्द्रराज रेग्मी, कार्यबहाक सभापति कुमार राना, क्षेत्रीय सभापती अर्जुनप्रकाश अर्याल, क्षेत्रिय सचिव महेश भट्टराई लगायतका बक्ताहरुले एकताको सन्देश लिएर गाँउ जान कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी हुन गाँउ/गाँउबाट काग्रेसका नेता कार्यकर्ताहरु आएक थिए ।