चिर्पटले हिर्काएर श्रीमतीको हत्या !

प्रकाशित मिति:

रामेछाप – लिखु तामाकोसी गाउँपालिका ३ मा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ५० वर्षकी धनकुमारी दमाईको हत्या आरोपमा ६१ वर्षका ६१ वर्षका निरबहादुर दमाईलाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रवक्ता इन्सपेक्टर शेख अदालतले जानकारी दिए ।

घरमा खाना पकाइरहेका बेला निरबहादुरले श्रीमतीलाई उत्तिसको चिर्पटले टाउकोमा हिर्काएको प्रहरीले बताएको छ । प्रहरीले निरबहादुरमाथि अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद लिएको छ ।

थप समाचार