गुल्मीमा जमुना बिक द्वारा छोरिको हत्या

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की गुल्मी -जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन  आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताउनुभयो ।

जमुनाले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएको पल्लीले बताए । आरोपितले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गर्नुभएको बताएको छ । जमुनाका श्रीमान खुम बहादुर विक हुनुहुन्छ ।विकलाई गिरफ्तार गरि हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले  । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया