नाचौ नाचौ लाग्ने पन्चेबाजा गित ” मायाले बोले हुन्थ्यो केरे बजारमा

प्रकाशित मिति:

बुटवल -नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लगानी बढ्दै गरेको छ । यसरी बढेको लगानीमा तयार हुने गीतहरुमा सोहि अनुसार ब्यवासाहिकता लाई पनि ध्यान दिएर तयार गर्न पर्ने बाध्यता कलाकारहरुमा छ ।

ब्यवासाहिकतालाई ध्यान दिईएन भने थोरै मात्रामा युट्युबको माध्यम बाट हुने लाभ पनि गुमाउन सकिन्छ । तर ब्यवासाहिक रुपमा तयार भएको गीतहरुले आफ्नै कला संस्कृति र मौलिकता गुम्ने हो कि भन्ने डरले भर्खरै मात्र तेजु परियारले पन्चेबाजा द्वारा सुसजित गीत ” मायाले बोले हुन्थ्यो केरे” बोलको गीतलाई बजारमा लिएर आएका छन् ।

यस गीतमा थुप्रै लोक तथा दोहोरी गीत र केहि आधुनिक गीतमा शब्द संगीत भरेका कलाकार अनिल खनालको शब्द संगीत रहेको छ । अनिल यसपाली भने यस गीतको म्युजिक भिडियोमा बेहुलाको भूमिकामा पनि देखिएका छन् । तसर्थ उनलाई मोडलको रुपमा पनि चिन्न सकिने भएको छ । गीतको भाव अनुसार अनिलको बेहेमा जन्ती जाँदा उनको भाईलाई सोहि बिहेमा आएकी एक युवती मन परेको तर बोल्न डराएको प्रसङ्ग समाबेस गरिएको छ । गीतमा तेजु परियार र देबी घर्तीको सुमधुर स्वर सजिएको छ बेहुला अनिलाई रेशम थापा, सरु गिरी र रुषा तामांगको पनि निकै रोमान्चक अभिनय देख्न सकिन्छ । “मायाले बोले हुन्थ्यो केरे” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।