मिडीया क्षेत्रमा विधेयकले भाइरस हटाउने काम गर्नेछ : मुख्यमन्त्रि पोख्रेल

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भाईरस लागेको पत्रकारीतालाई तह लगाउन मिडिया काउन्सील बिधेयक ल्याइएको बताएका छन् ।उनले मिडिया क्षेत्रमा समेत भाईरस रहेको हुदा यसलाई हटाउने बिधेयकले एण्टीभाईरसको काम गर्ने बताए ।  उनले एण्टीभाईरस बिना बस्न पाउनु माग गर्नु भनेको स्वतन्तत्रा नभई अराजकता भएको उनले टिप्पणी गरे । लुम्बिनी भ्रमण बर्ष २०७६ को अवसर पारेर नेपाल फोटो पत्रकार महासंघले लुमिबनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पोखरेलले यस प्रदेश ५ का १० वटा क्षेत्रलाई बुद्धकालीन सम्पदाको रुपमा राखी त्यसको विकासमा जोड दिएको बताए ।

नेपाल भित्र आफना संम्पदा स्थलमा भ्रमण गर्ने संस्कृती बिकास गर्ने सोचका साथ प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष आयोजना गरेको र भ्रमण बर्षको मुख्य उदेश्य आन्तरिक पर्यटन प्रर्बद्धन गर्नु रहेको वहाँको भनाई थियो । अहिले १० वटा बुद्धस्थलको बिकासलाई मुख्य प्राथमिकतामा राखिएको स्पष्ट पार्दै अधिकांस बुद्धस्थल कपिलवस्तुमा रहेको उहाँले बताउनु भयो । बुद्धस्थल तिलौराकोट बारे बिगतमा छिमेकी देशले बिभिन्न भ्रम सिर्जना गरे पनि पछिल्लो समयको अन्बेषण र उत्खननले बुद्धस्थलको प्रमाणिकता संसार सामु स्पष्ट पारेको उहाँको भनाई थियो । दुई दिन सम्म चल्ने भेलाको मुख्यमन्त्री पोख्रेलले क्यामराले तस्विर खिचेर उदघाटन गर्नु भएको थियो भने भेलामा आयोजित फोटो प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । नेपाल फोटो पत्रकारिताको उर्वर भुमी भएको जनाउदै नेपालको फोटो पत्रकारितालाई अन्तरराष्ट्रिय रुपमा स्थापित गर्न आवश्यक रहेको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्या (अवधेस त्रिपाठी) ले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…