लुम्बिनीमा सुजाता खीर उत्सव शुरु

प्रकाशित मिति:

सुजाताले दिएको खिरकै कारण सिद्धार्थको शरीरमा ऊर्जा सञ्चार भएको र वुद्धत्व प्राप्त गरेको अवसरको सम्झना तथा प्रवर्द्धनमा लुम्बिनीमा सुजाता खीर उत्सव शुरु भएको छ ।खिर उत्सवमा आउनेजति सबैलाई खिर खुवाउने व्यवस्था प्रदेश ५ सरकारले गरेको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा सुजाता खिर उत्सवको शुभारम्भ शुक्रबार लुम्बिनीबाट भएको छ ।उद्योग व्यापार संगठन रुपन्देहीको संयोजनमा शुरु भएको खिर उत्सवको शुभारम्भ गर्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्ध जन्मस्थलको विकास र प्रचार–प्रचारका लागि प्रदेश सरकारले भ्रमण वर्ष मनाउन लागेको बताए । उनले सुजाता नाम गरेकी युवतीले दिएको खिर खाएपछि वुद्धले ज्ञान प्राप्त गरेका कारण वुद्ध दर्शनमा सुजाता खिरको विशेष महत्व रहेको बताए । २५६३ औं बुद्ध जयन्ती र लुम्विनी भ्रमण बर्ष उदघाटनका अवसरमा लुम्विनीमा बिशेष तयारी गरीएको छ । बुद्धजयन्ती भोली मुल समारोह आयोजना गरी मनाइने भएपनि लुम्विनीमा आजदेखि नै बिशेष कार्यक्रमहरु हुदै छन । सरसफाई रंगरोगन लगायतका कार्यहरु सम्पन्न भईसकेका छन । मायादेबि मन्दिरमा आजदेखि ३ दिनसम्म बिशेष पुजा गरीदै छ ।