झाडापखालाले ९४ जना बिरामी

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


पाल्पाको तिनाउ गाउंपालीका–४, बौरीडांडामा झाडापखालाबाट ९४ जना बिरामी भएका छन् । ११ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बांकीको गाउंकै सडक छेउका टहरा, बारी, सडकमा राखेर उपचार गरिएको छ । बिरामीलाई औषधि खुवाउने, स्लाइन पानी चढाउने र निगरानी गरिएको स्वास्थ्यकर्मी रविचन्द्र हरिजनले बताए । उनका अनुसार सामान्य बिरामीलाई आफ्नै घरमा उपचार गरिएको छ । सदरमुकाम तानसेनबाट उपचारका लागि बिहिबार दिउंसो पुगेका सबै स्वास्थ्यकर्मीको टोली फर्किएको छ ।स्थानीयका अनुसार बिहिबार बिहानैदेखि गाउंमा झाडा र बान्ता फैलिएको थियो । बुधबार गाउंकै सिमबहादुर ठाडाको घरमा मृत्यु भएको १३ दिनको चोखिनेमा खाना खाएकाहरु बढी बिरामी परेका छन् । हावाका माध्यमबाटसमेत सर्ने भएकाले खाना नखाएकाहरु बिरामी परेका छन् । त्यहां बटुक, अचार लगायतका खाना खाएकाहरु बिरामी परेको स्थानीयले बताए । गाउंमा बुधबार राती नै एक दुई जनालाई झाडा र बान्ता भएको थियो । बिहिबार बिहान १० बजेपछि गाउ“का धेरै जना बिरामी परेर अत्तालिएका थिए । गाउंकै तिलकसिंह दर्लामीको घरमा बिरामी परेका हुन् । बिरामी भएकाहरु कतिपय घरमै औषधि खाने, जीवन जल बनाएर त्यसलाई पिएर बसेका छन् । गर्मीको समयमा बासी खाना खांदा पनि यस्तो समस्या आएको हुन सक्ने गाउंमै पुगेका तिनाउ गाउंपालीका अध्यक्ष ओमबहादुर घर्तीले बताए । प्रहरी, सेना, प्रशासनबाटसमेत तत्काल टोली पुगेर बिरामीको उपचारमा सहयोग गरेको प्रहरी उपरीक्ष्ँक विश्वमणी पोखरेलले बताए । सदरमुकाम तानसेनबाट ३४ किलोमिटर दक्षिणमा भएको बौरीडांडा गाउं पुग्न राजमार्गको २४ माइलबाट सातकिलोमिटर पूर्व जानुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया