एम्समा फुटसल संचालन

प्रकाशित मिति:

एम्स उच्च माबि बुटवलले पहिलोपटक फुटसल प्रतियोगिता संचालन गरेको छ ।कलेजमा बिबिएस प्रथम र दोश्रो बर्षमा अध्ययनरत बिद्यार्थीका बिचमा बिबिएस लेवल फुटसल प्रतियोगिता गरेको हो । तिलोत्तमा मणिग्राममा रहेको युनिक फुटसलमा भएको प्रतियोगितामा छात्रा तर्फ बिबिएस प्रथमबर्ष बि बिजेता बनेको छ उस्ले बिबिएस दोश्रो बर्ष सेक्सन ए लाइ ४—० को गोल अन्तरले पराजित गरेको छ । त्यस्तै छात्रतर्फ बिबिएस प्रथम बर्ष ए बिजेता बनेको छ उस्ले दोश्रँे बर्ष सेक्सन बि लाइ ३—०ले पराजीत गरेको हो । प्रतियोगितामा ७ टीमको सहभागिता रहेको कलेजका प्रमुख बिकास श्रेष्ठले जानकारी दिनुभयो । सो अबसरमा एम्स एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने,किरण गुरुङ, ,तुलसी महतो,गोबिन्द्र शर्मा स्याल,काशीराज कार्की ,कार्यक्रम संयोजक सुरज शाक्य लगायतले बोलेका थिए । एम्सले फुटसललाइ निरन्तरता दिने जनाएको छ । सो अबसरमा उत्कृष्ट सहित सहभागि टीमलाइ मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।