वालिङ क्याम्पसका छात्रछात्रालाई छात्राबृत्ति

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा  जिल्लाकै अग्रणी शैक्षिक संस्था वालिङ बहुमुखी क्याम्पसका छात्राछात्रलाई एक कार्यक्रमका विच छात्राबृत्ति वितरण गरिएको छ । टिका—रोमा कोइराला स्मृति कोषको ५ औं बार्षिकोत्सवको अवसरमा क्याम्पसका ८ जना छात्रछात्रालाई छात्राबृत्ति बितरण गरिएको हो ।

शैक्षिक व्याक्तित्व दिनेशकुमार कोइरालाका आमा र श्रीमतिको नामबाट खडा गरिएको उक्त कोषले वालिङ नगरपालिका भित्र रहेका शैक्षिक संस्था, कलाकार, पत्रकार, अपाङ्ग र जेष्ठ नागरिकलाई सम्मान साथै छात्राबृत्ति वितरण गर्दै आएको छ । यो बर्ष प्राविधिक शिक्षा लिने विद्यार्थीलाई छात्राबृत्ति वितरण गरिएको कोषका अध्यक्ष कोइरालाले बताए ।
छात्राबृत्ति वितरण गर्दै गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहोन रेग्मीले यस्ता छात्राबृत्तिले विद्यार्थीहरुमा शैक्षिक मनोवल बढ्ने बताए । रोजगार र व्यवसायीक मुलक शिक्षा आजको विषय भएकाले प्रदेश सरकार त्यसैमा जुटीरहेको छ सभापति रेग्मीले भने,“सरकारको एकल प्रयासले मात्रै नभएर शिक्षक, अभिभावक र विद्यार्थीको पनि सहयोग आवश्यक छ ।” गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षकको आवश्यकता हो भने पढाईमा अनुशासन हुनु विद्यार्थीको कर्तव्य हो रेग्मीले भने ।

वालिङ बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष समेत रहेका रेग्मीले टिका—रोमा कोइराला स्मृति कोषलाई कुनै न कुनै विधामा यो क्याम्पसलाई सम्झीरहन आग्रह गरे ।
छात्राबृत्ति वितरण कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सचिदानन्द यादव, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, जनक तिवारी, एकनारायण गैह्रेले बृहत उदेश्य राखेर स्थापना गरिएको कोषले समाजमा महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्यक्त गरे । ८ जना विद्यार्थीलाई जनही रु ५ हजारका दरले नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।