यो साताका राशिफल

प्रकाशित मिति:

मेष ( ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० समग्रमा यो हप्ताको सुरुवात बिबादबाट हुने देखिन्छ । तापनि, समयले विभिन्न अवसर दिलाउनेछ। मेहनत गर्दा सफल हुने योग छ ।आफन्तहरु बाट नै आर्थिक हानि मा पर्न सकिनेछ ।आर्थिक कारोबार गर्दा निकै ध्यान दिनु पर्ला । मङ्गलबार देखि आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आम्दानीको तुलनामा खर्च केही बढ्नाले आर्थिक अभाब खट्किएता पनि आफन्त र साथीभाइसँग भेटघाट हुनाले मन निकै प्रसन्न रहनेछ ।। ॐ भौमाय नमस्।।

बृष ( यो साता समग्रमा मध्यम खालको देखिन्छ ।काम अनुसारको फल प्राप्त गर्न निकै कठिनाइ हुनेछ । तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ।बुधबारबाट अचानक स्वस्थ्य बिग्रनाले खर्च बढ्न जानेछ खान(पानमा निकै ध्यान दिनु पर्ला ।मन खिन्न हुनेछ यात्राको अवसर मिल्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।सप्ताहान्तमा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। स्वस्थ्यमा सुधार हुनेछ । प्रेममा भने मनमुटाव अझै बढेर जानेछ ।बोलीमा मिठास ल्याउनु पर्ला । ॐ शुक्राय नमस् ।।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह हप्ताको सुरुवात आर्थिक लाभ बाट हुनेछ । सुरुका दिन मा आशा नगरिएको ठाउँबाट अचानक पैसा प्राप्त हुनेछ । अप्ठ्यारा परिस्थितिसँग जुध्ने आत्मबल आउने छ । प्रसंशा गर्न योग्य कामको थालनी हुनेछ ।बिहीबार देखि अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। तापनि आत्मबलले सफलता प्राप्त गर्न सकिनेछ। सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। उत्तरार्धमा रोकिएको काम बन्नुका साथै नयाँ कामको सुरुवात हुनेछ । प्रेम( प्रेमिकाबाट आर्थिक सहयोग भरपुर रहनेछ ।। ॐ बुधाय नम ।।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो प्रारम्भमा घर (बाहन खरिदको योग देखिन्छ । परिवारिक जम(घटले निकै प्रसन्नता छाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आर्थिक खर्च बढेता पनि आटेका काम बन्नेछन बुधबार बाट अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। स्थितिमा सुधार आउन केहि समय लाग्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। हप्ताको अन्त्यमा धार्मिक तथा समाजिक कार्यले समाजमा प्रतिष्ठा ल्याउने छ । ॐ चन्द्रमसे नम ।।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे। समग्रमा यो साता निकै उत्तम मान्नुपर्छ । चिठ्ठा वा कुनै अपत्यारिलो क्षेत्रबाट आर्थिक लाभ प्राप्त हुने योग छ । तपाईंको कार्यको प्रभावले शत्रुहरु नि शरण पर्न आउनेछन । प्रेम प्रेमिकामा सम्बन्ध निकै बलियो हुनेछ ।पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। सप्ताहको अन्त्य तिर वादविवादमा सजग रहनुपर्नेछ। स्वास्थ्यमा पनि ध्यान पुर्याउनु पर्नेछ । सनिवार केही अनावश्यक खर्च बढ्नेछ ।। ॐ घृणि सूर्याय नम

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो यो हप्ताको प्रारम्भ चिन्ताबाट भएको छ । अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। सुरुमा केही काम सफल भएता पनि मन केही खिन्न हुनेछ ।अधिकार र प्रतिष्ठा स्वतस् प्राप्त हुनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। बुधबार देखि मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ। आर्थिक हानी र अभाव बेहोर्नु पर्ला करोबार गर्दा निकै सम्यम्ता अपनाउनु पर्नेछ । ॐ बुधाय नमस् ।।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते समग्रमा यो हप्ता मध्यम खालको देखिन्छ ।आरम्भमा आर्थिक अभाब तथा घरेलु समस्या देखापर्न सक्छन्। अरूको लह( लहै मा लाग्नाने मनले आटेका काम रोकिन सक्छ। वाहन (साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।प्रतिस्पर्धामा बिजय हुने योग बनेको छ । सप्ताहको अन्त्यमा व्यवसायमा प्रगति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । प्रेम( प्रेमिकाको सहयोगबाट नै आर्थिक मज्बुती पाउन सकिने छ ।। ॐ शुक्राय नम

 बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु हप्ताको सुरुवात ठुलो जिम्मेवारी बाट भएको छ । जिम्मेवारी पुरागर्न साभाईहरुको भर(पुर सहयोग हुनेछ । उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नै मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आफन्तहरू नजिकिनेछन्। बुधबार बाट कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। प्रयत्न गर्दा विदेश यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहाको अन्त्य तिर अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। अध्यन(अध्यापनमा मन जनेछ । आर्थिक मामिलामा अरुको भरोसा नगर्नु नै उचित हुनेछ । ॐ भौमाय नम ।।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आरम्भमा पहिले देखी रोकिएका काम साथी(भाईको सहयोगले सफल हुहुनेछन । बोलीको प्रभावले विशेष अवसर प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने अवसर प्राप्त हुनेछ । भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। मङ्गलबार देखि आफन्तहरूको सञ्जालबाट सजग रहँदा राम्रो हुनेछ। आत्मीयहरुबाट नै आर्थिक धोका हुनेछ । हप्ताको अन्त्यमा परिस्थितिमा सुधार आउनेछ । मुद्दा मामिलामा बिजयको योग बनेको छ । रमाइलो यात्राको अवसर प्राप्त होला ।। ॐ गुरवे नम ।।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि आत्मबल बढ्नाले आट्का काममा सफल भैईनेछ । कार्यमा घर (परिवारको भर(पुर सहयोग तथा हौसला रहनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बुधबारदेखि सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। लगनशीलताले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा भने गोपनीयतामा विशेष ध्यान दिनुहोला। आफ्नैबाट धोका हुनसक्छ ।समाजमा तपाईंको कुरा कट्नेहरु बढ्नेछन् । ॐ शनिश्चराय नम ।।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द। हप्ताको आरम्भमा केही खर्च बधेता पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफन्तसँगको भेट घाटले मनमा हौसला प्रधान गर्नेछ ।मन निकै प्रसन्नरहनेछ । बुधबार बाट नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। आर्थिक लाभका मार्गहरु प्रसस्तै प्राप्त हुनेछन् । आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ, बिचार गर्नु पर्ला । हप्ताको अन्त्यमा अनावश्यक खर्च बढ्नेछ ।स्वस्थ्यमा फेर्वदल हुनेछ ।खान ( पान मा जोड दिनुहोला ।। ॐ शनिश्चराय नम ।।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि समग्रमा यो हप्ता लाभदायक छ । शैक्षिक क्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ । आयआर्जन बढ्नुका साथै व्यापार–व्यवसायमा पनि लाभ हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। यात्रामा पानीबाट बच्नु पर्ला अन्यथा स्वस्थ्यमा असर पर्नेछ । बिहीबारबाट सामान्य बिबादमा फस्ने योग बनेको छ । आफ्नो बोलीमा लचक्ता र मिठास ल्याउनु आवश्यक देखिन्छ । आफन्तको सहयोग जुट्नाले आर्थिक कार्यमा सफल भैइने छ ।टाढा भएका प्रेम( प्रेमिका सङ्गको रमाइलो भेट( घाटले प्रेम सम्बन्ध कसिलो हुनेछ । सप्ताहान्तमा शैक्षिक क्षेत्रबाटै अचानक धन लाभ हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ ।। ॐ गुरवे नम।।।