२५६३ औं बुद्ध जयन्तीको अवसरमा मुख्यमन्त्री शंकर पोखरेल को शुभकामना

प्रकाशित मिति:

२५६३ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामन व्यक्त गर्दछु ।इसापूर्व ५६३ अर्थात आजभन्दा २५६३ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्वशान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । वुद्धले मानवकल्याण, अहिंसा र शान्तिको खोजी कालागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृह त्याग गर्नुभयो ।

हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षितगर्नु भयो । र,मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफलहुनु भयो । वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मा वलम्वीका लागिमात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमुल्यनिधि भएका छन् ।
प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटो मुनिद विएर रहेका छन् ।ती सम्पदास्थलको अन्वेषण गर्दै मानवजातिको अमुल्यनिधिका रुपमा संरक्षितगर्नु आफ्नो कर्तव्य ठान्दछौ । साथै यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोजअनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ ।

त्यसका लागि पनि हामी योजनाबद्ध रुपले अघि बढ्ने प्रतिबद्धता व्यक्तगर्दछौ ।संसारमा दुःख छ ।दुःखको कारण छ र दुख निवारण गर्न सकिन्छ भन्ने वुद्धको शिक्षावाट प्रेरणा लिदै यस प्रदेशको गरिवी, पछौटेपन र अविकासको अवस्था सदाका लागि अन्त्य गर्न विकास र समृद्धिको बाटोमा अघि वढ्नु जरुरी छ । प्रदेश सरकारले सोही उद्देश्य अनुरुप समृद्ध प्रदेश खुसी जनताको संकल्प अघि सारेको छ । त्यो संकल्पलाई पूरा गर्न हामी योजनाबद्ध विकास यात्रामा अघि बढेका छौ । लुम्बिनीको पर्यटन प्रवद्र्धन कालागि प्रदेश सरकारले बुद्ध जन्म स्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ आज लुम्बिनी भ्रमण वर्ष औपचारिक रुपमा शुभारम्भ गर्दैछ । लुम्बिनी र यो क्षेत्रकाबौद्ध सम्पदा स्थलमा हुने पर्यटन प्रवद्र्धनकार्यक्रमबाट राम्रो लाभलिनसक्नुपर्छ । प्रदेश समृद्धिको मुख्य आधार पर्यटन विकास बनाएर प्रदेश सरकारले आफ्नो यात्रा अघि बढाइरहेको बेलापर्यटन प्रवद्र्धनकालागिलुम्बिनी भ्रमण वर्ष कार्यक्रम निकै महत्वपूर्णहुने अपेक्षा लिएको छु ।२५६३औ बुद्ध जयन्तीको अवसरमापुनःसम्पूर्ण दिदी वहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

मुख्यमन्त्री
शंकर पोखरेल