भक्तपुर गुन्डका राजेन्द्र वाग्ले अमेरिकाको शेरमन सिटीको एक कमिसनमा नियुक्त

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं -भक्तपुर गुन्डुका राजेन्द्र वाग्ले डलास फोटवर्थ नजिकको शहर शेरमन सिटीको किप शेरमन ब्युटिफुल कमिसनको बोर्ड अफ मेम्वरमा नियुक्त हुनुभएको छ । वाग्लेलाई मे ७ , २०१९ देखि जनवरी १, २०२१ सम्मका लागि सो कमिसनको बोर्ड मेम्वरमा नियुक्त गरिएको हो । उहाँलाई नियुक्त गरिएको पत्र त्यहाँका मेयर डेविड प्लेलरले पठाएका हुन् ।

वाग्ले डेमोक्रेट पार्टीवाट यहाँको राजनीतिमा सक्रिय हुनुहुन्छ । ग्रेसन काउन्टीवाट डेमोक्रेट पार्टीको टेक्सस स्टेट कन्भेसनमा समेत सहभागि हुनुभएको छ ।अमेरिकी मुलधारको राजनीतिमा सक्रिय वाग्ले सिटी शहरमा १० वर्षदेखि बस्दैं आउनुभएको छ । सामाजिक सेवाको क्षेत्रमा सक्रियतापूर्वक लाग्दै आउनुभएको वाग्लेले टेक्सोमा नेपाली समाजमा समेत नेतृत्वदायी भूमिका खेलिसक्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब