भलिवलको उपाधि आलमदेवी लसर्घा लाई

प्रकाशित मिति:

गुल्मी -श्री जनसक्रिय युवा समूहको २१ औ बार्षिकउत्सवको अवसरमा आयोजित पूरूष भलिवलको उपाधि आलमदेवी लसर्घा ले चुमेको छ ।जेठ १ गते देखी सुरू भयको खेलमा आयोजक ६ टिम सहित जम्मा २४ टिमको सहभागिता भयको थियो।कमल कुवरको अध्यक्षतामा प्रमुख अतिथि टंक कुवरबाट उद्घाटन भयको खेलमा छिमेकी जिल्ला बाट पनि सहभागिता भयको थियो।२४ टिम बिच भयको निकै रोमान्चक खेलमा चेहेमी दोस्रो हुदा गत बर्षको बिजेता सिंदी ले तृतिय स्थानमा चित्त बुझाउन पर्यो।

प्रथम हुने आलमदेवी लसर्घा ले नगद रू २५,०००रसहित ट्रफि,मेडल र प्रमाणपत्र हात पार्यो भने दोस्रो स्थान हासिल गर्ने ऋऋथ्ऋ चेहेमीले १५,०००र नगद ट्रफि मेडल र प्रमाणपत्र हात पार्दा नव प्रतिष्ठान सिंदी ले तृतिय हुदै नगद ५,०००र( ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो।

यस प्रतियोगितामा आलमदेवी लसर्घा का मुकेश मास्की राना वेस्ट स्पाईकर हुनुभयको छ भने नव प्रतिष्ठान सिंदी का खेलाडी दिपेन्द्र सिंजाली उत्कृष्ठ खेलाडी मा चयन हुदा सिंदी कै नारायण सिंजाली अनुशासित खेलाडी घोषित हुनुभयको छ ।३ दिन सम्म चलेको कार्यक्रम को सन्चालन टेक बहादुर कुवर,तेजु कुवर ,गोबिन कुवर र युवराज कुवरले गर्नु भयको थियो ।आज प्रमुख अतिथि वडा अध्यक्ष श्री दधिराम बाट पुरस्कार बितरण भयको थियो भने टंक कुवर ,सेरबहादुर कुवर ,ओम कुवर ,हेमन्त कुवर लगायत समाज सेवी हरू बाट शुभकामना मन्तब्य राख्दै खेलकुद को बिकासमा गाउपालिकाको ध्यानाकर्षण गराउनु भयको थियो।गाउ भन्दा टाढा भयका बिशेष गरि प्रवासमा रहनु भयका खेल प्रेमी साथिहरूलाई टंक कुवरले फेसबुक लाईभ गरि भरपूर्ण मनोरन्जन दिनु भयको थियो।