यस्ता बानी आजै छोड्नुहोस्, नत्र कंगाल भइन्छ

प्रकाशित मिति:

एजेन्सी । सबै सफल मानिसको पछाडि एउटा प्रमुख कारण हुन्छ र त्यो हो उसको आनीबानी । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं अपनाउँछन् र त्यसैको नियममा बाँधिएर निरन्तर लागिपरिरहन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आनीबानीको महत्वपूर्ण भूमिका हुन्छ ।

कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन् र आफ्नो घरबार र अफिसलाई समेत फिट राख्ने कुरामा निकै सचेत हुन्छन् । र यस्तै मानिस नै जीवनमा धनी हुन्छन् ।विश्वकै सबैभन्दा कान्छा शक्तिशाली नेटवर्कर दीप पटेलले आफ्नो किताबमा यस्तै केही बानीको बिषयमा बताएका छन्, जसलाई तपाईले समेत तुरुन्त त्यागिदिनुपर्ने हुन्छ । तीमध्ये यहाँ ६ आनीबानीको बिषयमा बताउन गइरहेका छौ, जसलाई धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने हुन्छ । यस्ता छन् ती बानीः

आफूलाई शंका गर्न छाड्नूूस्ः यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ । त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुुल्झाउने कोशिश गरिरहनुहोस् ।सही समयको प्रतिक्षा गर्नुः यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।नपढ्नुः नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।बोल्ने मात्र, काम चाहि नगर्नेः तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनुुभएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।

कुनै लक्ष्य नहुुनुुः मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।

काममा केन्द्रत नहुनुः तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुुपर्छ। काममा जिद्धी ढंगले निरन्तर लागिरहनुुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुुपर्छ। एजेन्सीको सहयोगमा