‘प्रेम दिवस’ ट्रेलरः दोहोरो प्रेममा प्रियंका

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ यही जेष्ठ ३१ गतेबाट दर्शक भेट्न तयार रहेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘प्रेम दिवस’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । उनी, आयुष्मान र नव अभिनेता विशाल खरेलको प्रेममा हराएकी छन् ।

ट्रेलरले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको प्रस्ट्याउँछ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावमा केन्द्रिय यस फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ ।

पछिल्लो रिलिज फिल्म ुराधाु बाट वाहवाही बटुलेका निर्देशक घिमिरे ‘प्रेम दिवस’ लाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ गीतका कारण चर्चामा रहेको यो फिल्ममार्फत् पहिलो पटक प्रियंका र आयुष्मान सिल्भर स्क्रिनमा देखिन लागेका हुन् । उनीहरु वास्तविक जीवनमा पनि प्रेममा छन् । यही वर्ष उनीहरु लगनगाँठो कस्ने तयारीमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया