‘भारत’ को प्रचारमा नहिँड्ने तब्बूको घोषणा

प्रकाशित मिति:

भर्सटायल अभिनेत्री तब्बूले ५ जूनमा रिलिज हुन लागेको बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ मा महत्त्वपूर्ण भूमिका निभाएकी छन् । तर, उनले फिल्मको पब्लिसिटीमा नहिँड्ने घोषणा गरेकी छन् । खासमा, फिल्ममा उनको निकै छोटो रोल छ । फिल्ममा एक सिन मात्र रहेको उनले बताएकी छन् ।

सहकर्मी कलाकार भए पनि सलमानसँग उनको परिवारकै जस्तो सम्बन्ध छ । हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म उसलाई निशर्त माया गर्छु । ऊ मेरो जीवनको हिस्सा हो ।’ सलमानसँग सुमधुर सम्बन्ध भएका कारण तब्बु एक सिनमा भए पनि ‘भारत’ मा काम गर्न राजी भएकी थिइन् । शुक्रवारबाट प्रदर्शनमा आएको नयाँ फिल्म ुदे दे प्यार देु को एक प्रमोसनल इन्टरभ्यूमा ‘भारत’ को बारेमा बताउँदै उनले भनिन्, ुम यो फिल्मको प्रमोसनमा हिँड्दिनँ । किनकि, फिल्ममा मेरो निकै छोटो रोल छ । मेरो मात्र एक सिन छ । त्यो एक सिनको बारेमा म के बताउँदै हिड्नु रु यद्यपि, मेरो एक सिन भए पनि राम्रो छ ।ु

यो फिल्मको पोस्टर, गीतसंगीत र ट्रेलर कतै पनि तब्बू अटेकी छैनन् । यसबारे बताउँदै निर्देशक अली अब्बास जफर भन्छन्, ुहामीले त्यो क्यारेक्टरलाई न्याय गर्न खोजेका छौं, जसलाई ट्रेलरको केही सेकेण्डमा अटाउन सकेनौं । तर, यो हेर्न रमाइलो हुनेछ । जब फिल्म रिलिज हुनेछ, पक्कै पनि सबैलाई मनपर्ने छ ।ु