लुम्बिनी नयाँ ग्राममा प्रधानमन्त्रीले रोपे आँपको बिरुवा

प्रकाशित मिति:

बुटवल – लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका छन् । प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् ।

लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ ।