गोली प्रहारबाट घाइते भएका शेखको मृत्यु

प्रकाशित मिति:

पर्सा– पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिका–१ का ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई घरायसी विवादका कारण गोली हानी हत्या गरेका छन् ।

घाइतेलाई उपचारका लागि वीरगञ्जतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादर राईले बताए ।  गोली हान्ने शेख सेरामुद्धिनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।

थप समाचार