सिराहामा हात्तीले आक्रमण गर्दा वृद्धाको गयो ज्यान

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


सिरहा – सिराहामा हात्तीकाे आक्रमणमा एक वृद्धाकाे ज्यान गएको छ । गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको शुक्रवार राति हात्तीले किच्दा ज्यान गएको हो ।

छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडि परेको हात्तीले आक्रमण गर्दा मगरकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख निरीक्षक नविन घिमिरेले जानकारी दिनुभयो ।

महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले बताएको छ । अरहामा ऐतु लामाको र भुल्केमा अन्ते लामाको घर हात्तीले भत्काएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ॐ सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र…
  • सभामुखसँग चिनियाँ जनकंग्रेसको वातावरण समितिका अध्यक्षको भेट
  • ट्रेड युनियन मार्फत मन्त्री बनेकाले बिरोध गर्न थालेः थापा
  • संस्कार र सस्कृति नेपालीका अमुल्य सम्पत्ति हुन् : प्रदेश प्रमुख…
  • कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनायो : डा शेखर कोईराला
  • विधेयक फिर्ता नलिए संसद चल्न दिदैनौ: देउवा
  • थाइल्यान्डमा अलपत्र १० विद्यार्थीको उद्धार गरी नेपाल फर्काइयो
  • बीपी स्मृतिमा मेलमिलापको नीतिको चर्चा, समस्या पुरानै
  • प्रदेश ५ मा विप्लवका गतिविधि घटे : मुख्यमन्त्री
  • ॐ सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ