पब्जीको लत लागेकी महिलाले पतिसँग मागिन् सम्बन्ध विच्छेद

प्रकाशित मिति:

एजेन्सी – पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) खेल अहिले निकै लोकप्रिय भैरहेको छ । पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ । गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो ।

अहिले फेरि गुजरातमै पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी छिन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो । अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् ।

ती महिलाले राज्यको महिला हेल्पलाइन (१८१) मा फोन गरेकी थिइन् । उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् । रिपोर्टका अनुसार, ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् । उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् । ‘१८ वर्षको उमेरमा उनको एक निर्माण व्यवसायीसँग विवाह भएको थियो र उनी चाँडै नै एउटी बालिकाको आमा बनिन्’ काउन्सलरले भने । पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् ।  काउन्सलरले ती महिलालाई हुर्कँदै गरेकी छोरीको भविष्यको ख्याल गर्दै आफ्नो फैसलामा पुनर्विचार गर्न भनेका छन् ।