भरतपुर गोल्डकप : उपाधिका लागि संकटा र झापा भिड्दै

प्रकाशित मिति:

चितवन – नारायणगढमा जारी भरतपुर गोल्डकपको उपाधिका लागि झापा–११ र संकटा क्लब आमनेसामने हुँदैछन्। खेल अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ। झापा र संकटा दुवै टिम बाई पाएर क्वार्टरफाइनलमा पुगेका थिए।

दुवै टिमले प्रतियोगितामा दुई दुई दुई खेल जितेका छन्। प्रतियोगितामा झापाले ले तीन गोल गरेको छ भने संकटाको सात गोल गरेको छ। संकटाले क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा घरेलु टिम चितवनझ११ लाई ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। उता, झापाले क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नारायणगढको क्याम्पाचौरमा गत वैशाख २४ देखि सुरु भएको हो। ए जे ईन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख रुपैयाँसहित गोल्डकप र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्।