नेपाली विद्यार्थीको मोह : अष्ट्रेलिया

२१ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
29 Shares


सञ्जु पौडेल
र्नसिंङमा मास्र्टसको लागि अष्ट्रेलियाको लागि प्रयासरत बविता भुसाललाई धेरै कुराहरुले त्यता तर्फ तानिएको बताउँछिन् । नेपालमा एकदमै सिमित कलेज र कोटा हुने त्यस माथि ठुलो लगानी र लगानीको तुलनामा एकदमै कम आम्दानीको संभावनाले पनि बवितालाई नेपालका थप अध्ययन अगाडि बढाउने मन छैन । त्यसो त उनलाई धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा फ्लो भइरहेको देखेर पनि त्यस तर्फ मन तानिएको होे । उनी भन्छिन् ‘ अर्को कुरा त्यहाँको भर्साटाईल शिक्षा नीति, प्रयोगत्मक शिक्षा र त्यहाँको डिग्री बिश्वभरी नै काम लाग्ने भएर पनि अष्ट्रेलियाले आर्कषण गरेको हो । विदेश गएर अध्ययन गर्नु अवसर हो र संघर्ष गरेपछि भविष्य राम्रो होला भन्ने आशा छ, उनमा छ । उनी देशको बलियो शिक्षा नीति ,अबसर , बलियो रोजगारीको व्यवस्था, देशमा बिकाशका गतिबिधिहरुले पनि फड्को मार्न सके देशमै अध्ययन गर्ने र बिदेश मै अध्ययन गरे पनि स्वदेश फर्कन बतावरण बन्ने तर्क दिन्छिन् ।
ईलेक्ट्रो मेकानिकल टेक्निकल ईन्जिनियरिङको अध्ययनको लागि अष्ट्रेलिया जान लागेका आयुष पाण्डे त्यहाँको व्यवहारिक र अभ्यासात्मक अध्ययन, अध्यापन र रिसर्च सुविधाको कारण जान लागेको बताउँछन् , उनका अनुसार नेपालमा त्यो सुबिधा एकदमै कम छ । त्यस माथि उनी आफ्नो अध्ययनमा सृजनशिलता थप्न चाहन्छन् , जुन निरन्तरको अभ्यास र अनुभवले मात्र गर्न सकिने उनको तर्क छ ।
विद्यार्थी कविता पौड्याल पनि आफूले पढे अनुसारको रोजगारी नपाएकै कारण अबसर खोज्दै बिदेशिनु परेको बताउँछिन् । लगानी धेरै गरेर थोरै प्रतिफल पाउने अहिलेकै स्थितिमा कोही पनि बस्न नचाहने उनको तर्क छ । उनको बुझाइमा यहाँ तलब पाउन एक महिना पर्खनुपर्छ भने बिदेशमा काम गरेको समय अथवा घण्टाको हिसाबले पाईने कारणले पनि बिदेशमा आर्कषण भएको बताउँछिन् । त्यस माथि ब्याचलर पढेका बिद्यार्थीहरुमा आफैमा परिपक्कता आउने र अरु केही नभएपनि आफ्नो लगानी सम्झिएर जाने उनी बताउँछिन् ।आफ्ना सन्तानको परिपक्कतासँगै बिभिन्न माध्यमहरुबाट बिदेशको बारेमा बुझेका र आफ्नै वरिपरी र आफन्तका सन्तानहरु पनि बिदेशमा गएर प्रगति गरेकै कारण पनि पछिल्लो समय अभिभावकहरु छोराछोरीलाई बिदेश पठाउने कुरामा सकारात्मक बन्दै गएको उनको तर्क छ ।
म्यानेजमेन्टमा मास्र्टस गर्न अष्ट्रेलिया जाने सोंच बनाएकी सृजना सापकोटा यहाँ सामान्य बैंकमा दलिएर काम गर्नु भन्दा त्यत्तिकै समय दिए अबसर र आम्दानी दुबै भएको ठाउँ खोजेको बताउँछिन् ।
विद्यार्थीहरुका अनुसार विदेश जान चाहनु चाहना मात्र होईन बाध्यताहरु पनि छन् । देशमा शैक्षिक बेरोजगारी बढ्दै गएको तर अध्ययनमा लगानी बढ्दै छ । बदलिँदो परिस्थिति र प्रबिधिका कारण साँधुरिदै गएको बिश्वमा राम्रो अवसर र रोजगारीको लागि बिदेश अध्ययन सामान्य जस्तै भएको छ । अभिभावकहरुले आफ्नै अगाडि अरुका छोराछोरीहरुले प्रगति गरेको देखेकै कारण पनि आफ्ना सन्तान ले पनि सोही अनुसार गरुन भन्ने चाहन्छन् भने सन्तान पनि स्वदेशमा अध्ययन गर्दा लागेको लगानी उठाएर बाबुआमालाई खुसी पार्ने र संघर्षै गरेर किन नहोस् आफ्ना भावी सन्ततीहरुलाई व्यवस्थित बनाउनु जो छ ।
विदेश अध्ययनको बढ्दो तथ्यांक
दैनिक ३ सय बढी बिद्यार्थी अध्ययनको लागि बिदेशिने गरेको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ । पछिल्ला बर्षहरुमा बिदेशिनेको दर आफैमा उच्च छ , गत आर्थिक वर्ष २०७४÷७५मा मात्रै ५८ हजार ७ सय ५८ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएको तथ्यांक छ । जुन आर्थिक वर्ष २०७३÷७४मा यो संख्या ५० हजार ६५९ ,आर्थिक वर्ष २०७२÷७३ मा ३२ हजार ४८९ र आर्थिक बर्ष २०७१÷७२मा यो यस्तो संख्या ३० हजार ६९६ मात्रै थियो ।
यस्तै आर्थिक वर्ष २०७०÷७१ मा २८ हजार १२६, आर्थिक बर्ष २०६९÷७० मा १६ हजार ५०४, आर्थिक बर्ष २०६८÷६९ मा १० हजार ३२४, आर्थिक बर्ष ०६७÷६८ मा ११ हजार ९८२ जना विद्यार्थीले अध्ययनका लागि विदेश जान अनुमति लिएको देखिन्छ ।
नेपाली बिद्यार्थीहरु अध्ययनको लागि धेरै देशहरुमा पुग्ने भए पनि अष्ट्रेलिया र जापान जानेको संख्या बढि छ । गत आर्थिक बर्षमा बिदेशको लागि आवेदन दिने बिद्यार्थी मध्ये आधा भन्दा बढि त अष्ट्रेलियाको लागि मात्र छन् । त्यस पछिको रोजाई जापानको छ । यी देशले नेपाली विद्यार्थीलाई प्राथमिकतामा दिएको र अन्यको तुलनामा सजिलो भिसा प्रक्रिया र पढाइसँगै काम पनि गर्न सकिने भएकै कारण यस तर्फ गएको देखिन्छ । त्यस्तै जापानमा अध्ययन भिसाबाट वर्किङ्ग तर्फ जानको लागि पनि केही सहज भएको कारण आर्कषण बढेको जानकारहरुको तर्क छ ।
ग्लोवल रिच बुटवलका संचालक बिशाल श्रेष्ठ अष्ट्रेलियामा पुग्दा त्यहाँ रहेका नेपालीहरुबाट प्रयप्त सहयोग मिल्ने र नयाँ ठाउँमा पुगेर अलपत्र पर्ने समस्या कम भएकै कारण नेपाली विद्यार्थीहरुको पहिलो रोजाई अष्ट्रेलिया बनेको बताउँछन् , उनी भन्छन् ‘अष्ट्रेलियामा सर्पोटिभ सिस्टम किनकी त्यहाँ शिक्षाको सर्पोटिभ सिस्टम र नेपाली समुदायको सर्पोटिभ सिस्टम छ । नयाँ ठाउँमा गएर अलपत्र पर्नुभन्दा नेपाली धेरै भएको ठाउँमा गए पछि केही सहज हुने आशाले जान चाहन्छन् ।’ उनी अष्ट्रेलियामा नेपालीहरुका लागि हरेक विषयमा खोजेजस्तो अध्ययन प्याकेज रहेको बताउँछन् , उनी थप्छन् ‘ पैसा पनि एर्फोडेबल, वातावरण अनुकुल अनि क्वालिटी पनि ,त्यस्तै अष्ट्रेलियामा सफलता हासिल गरेकाहरुलाई देखेर जाने गर्छन् र आफूहरु पनि सफल हुन्छन् ।’ त्यसो त अष्ट्रेलियाको लागि बिद्यार्थी आकर्षित हुनु भनेको त्यहाँको त्यहांको सुरक्षा नीति पनि हो । श्रेष्ठ भन्छन्‘ त्यो देश सुरक्षाका हिसाबले एकदम राम्रो देश हो । त्यो संगै भिजा रेगुलेशन फलो गर्दै बसेपछि पिआर पाउने आशाले पनि विद्यार्थी आकर्षित हुन्छन् ।’
त्यसो त नेपाली विद्यार्थीको चौंथो गन्तव्यमा रुपमा संयुक्त राज्य अमेरिका छ । गएकाृ बर्ष मात्र १ हजार ७९० विद्यार्थीले अमेरिकाजानका लागि अनुमति लिएका छन् ।
त्यस्तै चीनमा एक वर्षमा १ हजार ६३७ विद्यार्थीले चीनमा अध्ययनका लागिअनुमति लिएका छन् । पोल्याण्डमा अध्ययनका लागि जान १ हजार ३४९ जना, दक्षिण कोरियामा अध्ययन गर्न १ हजार २९ जना,क्यनडाका लागि १ हजार २२, जना, न्युजिल्याण्डका लागि आठ सय ८८ जना, साइप्रसमा सात सय ४५, बंगलादेशमा छ सय ५७, जर्मनीमा पाँच सय ३८ र फ्रान्सका लागि पाँच सय २१ जना छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया