प्रधानमन्त्री रहेकाे लुम्बिनी नजिकै शंकास्पद बस्तु फेला

प्रकाशित मिति:

कपिलवस्तु – लुम्बिनी नजिकै शंकास्पद बस्तु फेला परेको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो । बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत राेकिएका छन् । प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने, राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । -न्युजअफनेपाल