गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी खुशी

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


मुग्लिन – गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि चितवनको इच्छाकामना–३ दारेचोकका बासिन्दामा खुशी छाएको छ । शुक्रबार सामुदायिक स्वास्थ्य एकाइले मूर्तरूप लिएकाले उनीहरु खुशी भएका हुन् । सो गाउँपालिका–३ का रामबहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य चोटपटक लाग्दा र टाउको दुख्दासमेत तीन घण्टा हिँडेर कुरिनटार वा मुग्लिन जानुपर्ने बाध्यता थियो, अहिले गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि खुशीको सीमा नै छैन ।”

वडा नं ३ कै चौताराका तीर्थकुमारी गुरुङले उहाँले गाउँमै स्वास्थ्य सेवा शुरु गरेकोमा जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिने कार्यक्रमअन्तर्गत यस वडामा सो एकाइ स्थापना गरिएको र अन्य वडामा पनि चाँडै स्थापना गरिने बताउनुभयो । स्वास्थ्य सेवा सञ्चालनका लागि माझगाउँ माध्यमिक विद्यालयले भवन उपलब्ध गराएको छ ।

चितवनको एक मात्र यस गाउँपालिकाका बासिन्दा भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए । वडा–वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि केहीले राहत महसुस गर्न थालेका छन् । पच्चिस हजार जनसङ्ख्या रहेको यस गाउँपालिकामा सीमान्तकृत चेपाङ र जनजातिको बाहुल्यता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…