सशक्त प्रतिपक्षका लागि जागरण अभियान : सहमहामन्त्री महत

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


रासस – नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन् । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उनको धारणा थियो ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेण्डा बनाएर संसद्मा प्रतिपाद गरिने जानकारी दिए । अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उनले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त गरे ।

हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता महतले भने, ‘सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग