बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटियो

प्रकाशित मिति:

बुटवल – लुम्बिनीमा बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको छ। सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो। सो बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन्।

बुद्धजयन्तीकै अघिल्लो दिन शुक्रबार राति रुपन्देहीका कञ्चन गाउँपालिकाको कञ्चन खोलामा कुकर बम विस्फोट भएको थियो।प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी गएका थिए। राष्ट्रपतिको आज लुम्बिनी प्रस्तान गर्ने कार्यक्रम छ। अहिले लुम्बिनीको सुरक्षा व्यवस्था काडा पारिएको छ। उता प्रधानमन्त्री रुपन्देही आएको भन्दै प्रतिवन्धीत पार्टि नेपाल कम्युनिष्ट पार्टि विप्लवले आज शनिवारका लागि बन्द आहवान गरेको छ।