‘बोल माया’को प्रि–क्वेल’ ल्याउँदै प्रकाश सपूत

प्रकाशित मिति:

काठमाडौं – गायक प्रकाश सपूत गत वर्ष रिलिज भएको गीत ‘बोल माया’सँग जोडेर अर्को गीत ल्याउने तयारीमा जुटेका छन् । ‘बोल माया’सँग सम्बन्धित भए पनि गीत सिक्वेल नभएर प्रि–क्वेल हुने सपूत बताउँछन् । जेठ ११ गते ‘गलबन्दी’ बोलको गीत सार्वजनिक गरिने उनले बताए । प्रकाशलाई स्वरमा शान्ती श्री परियारले साथ दिने छिन् । गीतका शब्द तथा संगीत प्रकाश स्वयम्को हुनेछ ।

गीतको भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी हुनेछिन् । भिडियो निर्देशन प्रकाश आफैंले गर्नेछन् । ‘गलबन्दी’ ‘बोल माया’ जस्तो रुवाउने नभएर हसाउँने गीत हुने प्रकाशले जानकारी दिए । उनले ‘गलबन्दी’को प्रोमोशनल भिडियो पनि सार्वजनिक गरिसकेका छन् ।उनका अनुसार रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गर्ने भएको छ ।