खुशिका साथ नेपाली टिमलाई स्वदेशमा स्वागत

प्रकाशित मिति:

नेपाली क्रिकेट टिम युरोपमा टी– २० ट्राइसिरिज तथा ऐतिहासिक पहिलो एकदिवसीय खेलपछि सोमबार स्वदेश फर्केको छ। नेपालले नेदरल्यान्डविरुद्ध उसकै मैदानमा दुइटा ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेको थियो। तर टि–२० सिरिज वर्षाका कारण पूरै खेल्न भने पाएन। स्वदेश फर्किएपछि कप्तान पारस खड्काले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। साथै उनले अबको टिमको लक्ष्य एसियन कप छनोटमा स्थान बनाउने रहेको बताए। पारसले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ।