केजरिवालले गरे हार स्वीकार, भने– अन्तिम समयमा मुस्लिमको भोट कांग्रेसलाई गयो

प्रकाशित मिति:

काठमाडौं – आम आदमी पार्टीका नेता एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तिम समयमा आएर मत दायाँबायाँ भएको बताएका छन्। दिल्लीबाट चुनावी प्रतिस्पर्धामा रहेका केजरीवालले अन्तिम समयमा आएर मुस्लिमहरुको भोट कांग्रेसतर्फ गएको भन्दै घुमाएर आफ्नो पार्टीको हार स्वीकार गरेका हुन्।

दिल्लीमा ७ सिटका लागि भाजपा, कांग्रेस र आम आदमी पार्टी मुख्य चुनावी प्रतिस्पर्धामा छन्। उनले चुवानको केही समय अगाडिसम्म दिल्लीका सातै सिटमा आफ्नो पार्टी पक्का भए पनि अन्तिम समयमा आएर मुस्लिम समुदायले पार्टी परिवर्तन गरेर कांग्रेसलाई भोट दिएका कारण नतिजा कसको पक्षमा आउँछ भन्ने भन्न नसकिने बताएका छन्। इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चुवानको ४८ घण्टा अगाडिसम्म सातै सिटमा आम आदमी आउछ भन्ने लागिरहेको थियो। अन्तिम समयमा आएर मुस्लिम समुदायको भोट कांग्रेसतर्फ गयो। त्यो पनि चुनावको एक रात पहिले। यस्तो कसरी भयो भन्नेबारे हामी खोजी गरिरहेका छौँ।’

केजरीवालको यो भनाइमाथि दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितले प्रतिक्रिया समेत दिएकी छन्। उनले कुनै पनि समुदाय वा भोटर कसैको पेवा नहुने भन्दै जहाँ मन लाग्यो त्यहीँ भोट हाल्न सक्ने बताएकी छन्। ‘थाहा छैन उनी (केजरीवाल) के भनिरहेका छन्, मतदाताको जसलाई मन लाग्यो उसैलाई भोट दिने अधिकार छ’, उनले भनेकी छन्, ‘दिल्लीका जनताले केजरीवालको शासन मोडल के हो भन्ने थाहै पाएका छैनन् र उनलाई मन पनि पराउँदैनन्।’

मतदानका लागि विद्युतीय मेसिनको माग गर्दै आएका केजरीवाल अहिले त्यही मेसिनमा कारण मार।मा परेको प्रतिक्रिया दिएका छन्। यसअधि पहिलो पटक चुनवा हारेपछि केजरीवालले यो मेसिनको माग गर्दै आएका थिए। अहिले भएको मतदानमा विद्यूतीय मेसिनले कन्फ्युज सिर्जना गरेको र भोट गलत ठाउँमा परेको प्रतिक्रिया दिएका हुन्। दिल्लीका सात सिटमाथि १२ मे मा मतदान भएको थियो। यहाँ ६० दशमलव ३९ प्रतिशत मतदान भएको छ।