खेगी विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति:

बुटवल –तमुहरुको महान पर्व फुँ.ताँ. सों. तथा खेगी विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर वडा नं–१३ बँदेलपोखरी इकाइ समितिको आयोजनामा आज शनिबार बुटवल–१३ जवई स्थित बौद्ध गुम्वामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमका प्रमूख अतिथि तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय अध्यक्ष रेशम तमुले खेगी (पुरोहित) विद्यार्थीहरुलाई प्रमाण पत्र र गुरु दक्षिणा सहित दिक्षित गर्नुभएको छ ।

तमु खेगी पे खेवा धीं (गुरुङ शास्त्र अध्ययन प्रतिष्ठान) को आयोजनमा वि.स. २०६८ साल माघ ५ गतेदेखि २०७६ जेठसम्म सञ्चालन भएको उक्त खेगी कक्षामा ६ जना विद्यार्थीहरु सहभागी रहेका थिए । करिब ८ वर्षसम्म पच्यु गुरुहरुबाट गुरुङ शास्त्रको अध्ययन र शिक्षा ग्रहण गरेका विद्यार्थीहरुले गुरुङ सुमदायको हरेक संस्कार र पद्धतिहरु गर्न सक्ने छन् । विद्यार्थीहरुले पच्यु चिवा गुरु नुन बहादुर तमु र पच्यु गुरु लाल बहादुर तमुबाट ज्ञान हाँसिल गर्नुभएको हो । सोही अवसरमा खेगी विद्यार्थी पोविन्द्र गुरुङद्वारा खेमा लिपिमा अनुवाद् गरिएको गुरुङ समुदायको शास्त्र ‘पे’ को केन्द्रिय अध्यक्ष रेशम तमुले बिमोचन समेत गर्नुभयो ।

कार्यक्रम तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बँदेलपोखरी इकाई समितिका अध्यक्ष झल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय संरक्षक समितिका अध्यक्ष माया गुरुङ, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् प्रदेश ५ का अध्यक्ष खुम बहादुर गुरुङ, रुपन्देही जिल्ला अध्यक्ष बीमला गुरुङ, तमु प्येल्हु संघ रुपन्देही जिल्ला अध्यक्ष भीम बहादुर गुरुङ, परिषद्का मोतीपुर–नहरपुर इकाइ अध्यक्ष डम बहादुर गुरुङ, बुटवल नगर इकाई अध्यक्ष शेर बहादुर गुरुङ, खेमालिपी विकासकर्ता तथा प्रशिक्षक बालनरसिङ गुरुङ, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, नेकपाका नेता शोभाखर पोखरेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम नवल गुरुङको स्वागत तथा तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर वडा नं–१३ बँदेलपोखरी इकाइका महासचिव चन्द्र बहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी पोविन्द्र प्हच्यु तमु लगायत विद्यार्थीहरुका अभिावक र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।