तिलोत्तमा नगरपालिका ग्रिन तिलोत्तमा अभियानसंगै नगरलाई बुद्धमय बनाईने

प्रकाशित मिति:

बुटवल -नगरको विकासमा द्रुत रुपमा काम अघि बढाइरहेको रुपन्देहीको तिलोत्तमा नगरपालिका आफ्नो ग्रिन तिलोत्तमा अभियानसंगै नगरलाई बुद्धमय बनाउन अघि बढेको छ । लुम्विनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भइरहँदा पयटक आकर्षण गर्नको लागि नगरले आफ्नो क्षेत्रभित्रका सडक बीच भागमा बुद्ध प्रतिमा अनावरण गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रभित्र पर्ने बुटवल बेलहिया सडक खण्डको बीच भागमा २१ वटा अर्धकद्का बुद्धका प्रतिमा त्रिसंयोग ( बुद्ध जन्म, ज्ञान लाभ र महापरिनिर्वाण) बुद्ध पूर्णिमाको अवसर पारी अनावरण गरेको हो । शनिबार तिलोत्तमा नगरका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरी देवी चौधरीले संयुक्त रुपमा प्रतिमाको अनावरण गर्नुभएको हो । अनावरणसंगै ग्रिन तिलोत्तमाको अभियान सञ्चालन गरिरहेको नगरले नगरलाई बुद्धमय बनाएर फरक अभियानसंगै प¥यटनलाई सहयोग पुग्ने अपेक्षा लिएको छ । योगीकुटी चोकदेखि शंकरनगर, नयाँमिल, ड्राइभरटोल, मणिग्राम, शंकरपुर चोकसम्म राखिएका बुद्धका प्रतिमा अनावरण पश्चात बोल्दै मेयर बासुदेव घिमिरेले थप ४० वटा बुद्धका मुर्ती नगरभित्र अनावरण गरिने बताउनु भयो ।

‘बुद्धसंगै शुद्धोधन र मायादेवीका प्रतिमा पनि नगरभित्र राखिने छन् ।’ उहाँले भन्नुभयो ‘यसबाट जनताको करको सहि सदुपयोग हुने विश्वाससंगै तिलोत्तमाको धार्मिक प¥यटनमा टेवा पुग्ने छ ।’ नगरले चालेका हरेक कदममा स्थानियको सहयोग रहेको बताउँदै प¥यटन प्रवद्र्धनमा पनि नगरवासीको सहयोगको अपेक्षा रहेको उहाँको भनाई थियो । सो अवसरमा उपमेयर जगेश्वरी देवी चौधरी, नगरका प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रवत्ता सुरेन्द्र श्री लगायतले बोल्नु भएको थियो । बुद्ध प्रतिमा राख्ने अभियानको शुभारम्भ प्रदेश ५ का वन, वातावरण तथा उद्योग मन्त्री लिला गिरीले एक कार्यक्रमका बीच बैशाखमा उद्घाटन गर्नुभएको थियो