प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्राप्त उपलब्धि गुम्ने खतरा देखियो :अध्यक्ष डुम्रे

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ -जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संसदमा दर्ता भएको मिडिया काउन्सिल समन्धित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा डुम्रेले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक र मानवअधिकार समन्धित विधेयकले नेपाली पत्रकारितामा र नागरिक अधिकार माथि कालो बादल मडारिन खोजेको तर्क गरेका हुन ।

सविधान प्रदत्त अधिकार खोसेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दबाउनुका साथै सविधानको प्रस्तावना विपरीत सरकार अगाडि बढेको डुम्रेले जिकिर गरे । सरकार पुरै पञ्चायती शैलीमा प्रस्तुत हुदैछ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाटि निमोठेर सरकारले कानुनी राज्यको उपहास गरेको छ । ०६२र६३ सालको वृहत् लोकतान्त्रिक जनआन्दोलन तथा विभिन्न आन्दोलनमा पत्रकारहरुले खेलेको भुमिकालाई बेवास्ता गर्दै उल्टै मिडिया र मिडियाकर्मिलाइ दबाउन खोज्नु गम्भीर भएको बताए । एकअर्को प्रसङ्गमा डुम्रेले सरकार र सरकारी सयंन्त्रमा हुनेहरूले भष्ट्रचार,अनियमितता जस्ता गलत गतिविधि बढाउदै गएको र राज्य सञ्चालकका कुकर्महरु मिडियाले सार्वजनिक गर्ने खतराले मिडिया माथि अङ्कुुस लगाउन खोजेको बताए ।

पछिल्लो समय निर्मला पन्तको बलत्कार पछिको हत्या,एनसेल कर प्रकरण,बालुवाटार जग्गा प्रकरण,वाईडवडि खरिद प्रकरण,३३ किलो सुन तस्करी प्रकरण जस्ता गम्भीर लापरबाही र अनियमितताको बिषयमा मिडियाले लगातार सरकार प्रति प्रश्न उठाएपछि सरकारलाई नैतिक प्रश्न सोझिएको थियो उक्त प्रश्नको जवाफ दिन सरकार असमर्थ भयो,भने सरकार दिनप्रतिदिन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा बदनाम भएपछि अन्य कुकर्महरु नआउन भन्ने हेतुले मिडियालाई कमजोर बनाउन लागेको बताए ।सरकारले नियमनको नाममा मिडियालाई पुरै नियन्त्रण गरेर निरङ्कुस हुन खोजेको समेत बताए । सरकारले पत्रकारलाई न्युनतम पारिश्रमिक दिन नसक्ने तर विभिन्न एेन नियम बनाएर करोडौं जरिवाना तिराउने प्रपञ्च रच्नु गलत भएको जिकिर गरे ।
कतिपयले पत्रकारलाई कानुनै नलाग्ने भन्ने भन्दै प्रश्न गरेका छन् त्यस्तो होइन पत्रकारलाई कानुन नलाग्ने,नियम नचाहिने भन्ने हुन्न पत्रकारहरु स्वनियम बनाएर चलेका छन । पत्रकार आचांर सहिंता अनुसार प्रेस जगत चलेको छ । डुम्रेले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पास भए नेपाली पत्रकारिता सकिने र सत्ता र सरकारको एकोहोरो भजन गाउनुको विकल्प नहुने समेत बताए । यो विधेयक पास भए खोज पत्रकारिताको अन्त्य हुने र पत्रकारहरु कानुनी झमेला र दण्ड जरिवानाको त्रासले सत्ता र शक्तिमा हुनेहरुका गलत बिषयमा समेत कलम चलाउन छाड्ने बताए ।पछिल्लो समय मिडिया र मिडियाकर्मिलाई कमजोर गराउने र सरकारले मनपरि गर्ने उदेश्यले विधेयक ल्याएको उनको दाबी थियो ।सयुक्त पत्रकार सर्घष समितिले काठमाडौंमा आयोजना गरेकोे अन्तरक्रिया कार्यक्रममा बोल्दै डुम्रेले समग्र मिडिया जगत र नागरिक समाज एकभएर विधेयकको विरोध गर्नुपर्ने बताए ।मिडिया काउन्सिल र मानवअधिकारको विधेयक प्रेस संग मात्रै होइन समग्र नागरिकका अधिकार संग जोडिने बिषय भएकोले सबै पक्ष सचेतता पुर्वक लाग्नु पर्ने उनको तर्क थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा