मानव बेचबिखन मा संलग्न बिचौलिया पक्राउ

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


इमरान खान कपिलवस्तु १२ बर्ष देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कृयाशिल भइ काम गर्दै आएको सस्था आफन्त नेपाल र नेपाल प्रहरीले एक बिचौलीयालाई नियन्त्रणमा लिनुका साथै पीडित लाई उद्धार गरेको छ ।जिल्ला नवलपरासी रजहर घर हुने मुना नाम परिवर्तनलाई ओमन पठाउने र ओमनमा राम्रो काम पाईने भनी विभिन्न प्रलोभनमा पारी सिमा कटाउदै गर्दा कपिलवस्तुको कृष्णनगर सिमा बाट आफन्त नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

घटना विवरण: पीडित मुनाको बाबू सानैमा बितेको आमा वैदेशिक रोजगारमा गएपछी दाजु भाउजुकोमा बस्दै आएकी थिईन द्द कक्षा मात्र पढाई भएकी उनले पढ्न लेख्न समेत केही आउदैन उनलाई एक दिन रिता नाम गरेकी एक महिलाले पासपोर्ट बनाईदिने र बिदेश पठाइ धेरै पैसा कमाउने सपना देखाईन उनी राजी भैइ ती रिताले सबै खर्च आफैले गरि पासपोर्ट बनाईदिईन र केही दिन पछि राम नाम गरेको मान्छेले रिताको नाम लिदै मुनालाई काठमाडौं लगेर छ दिन राख्यो र त्यहाँ बाट कपिलवस्तु ल्याई बिजयनगर गा।पा बस्ने पुनम परियारको जिम्मा दियो ।पुनम परियारले एक दिन आफन्तकोमा राखी भोलिपल्ट भारत लैजाँदै गर्दा कृष्णनगर बसपार्क मा आईसकेपछी आफुहरु लिंगेट हुँदै जाने र पीडितलाई यात्रुगेट बाट पठाउने योजना बनाए र सोही अनुसार कसैले सोधेमा एक्लै छु भन्न लगाए कसैको नाम नलिनु हामी स्टेशनमा भेट गर्छौ भनी सिकाएका थिए ।

सम्पुर्ण घटना पीडितको उद्धार पछि सोधपुछको क्रममा खुल्न आएको आफन्त नेपालका संयोजक केसर बिश्वकर्माले जानकारी दिए । विभिन्न बहाना र धेरै कुरा सिकाउनाले बेचबिखनको उदेश्यले लिएर जान लागेको स्पष्टता देखिने बिश्वकर्माले जानकारी दिए । लैजाने पुनम परियारलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडी बढेको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । पीडित चेली हाल आफन्त नेपालको संरक्षणमा रहेको र वआफन्तको सल्लाह बमोजिम आफन्त नेपालको संरक्षणमा राखी विभिन्न सीप उपलब्ध गराई आत्मा निर्भर गराउने सयोजक केसर बिश्व्कर्माले जानकारी दिए |

फेसबुकबाट तपाईको प्रतिक्रिया