कसौधन सेवा समितिद्वारा निशुल्कःपानी बितरण

प्रकाशित मिति:

हरिश ढकाल बुटवल, ४ जेठ । महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्तीका अवसरमा लुम्बिनीम आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि कसौधन सेवा समितिद्वारा निशुल्कःपानी बितरण गरेको छ । कसौधन समितिकाअनुसार लुम्बिनी स्थित म्यानमार टेम्पल अगाडी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मलुम्बिनीमाआउने मानिसहरुलाई निशुल्कः रुपमा मिनरल वाटर (जारमा राखिएको आर.ओ. वाटर) बितरण गरिएको हो ।

लुम्बिनी घुम्न आउने पर्यटकहरुका लागि निशुल्कःजारको पानीका साथमा मिठाइ चक्लेट लगाएतका बस्तुहरु पनि प्रदान गरिएको कसौधन समितिका सक्रिय सदस्य मुरलीप्रसादकसौधनले बताए। शनिबार दिनभर करिब १५ सय लिटर पानी बितरण गरिएको र झण्डै ५ हजार मानिसले पानी खाएको अनुमान गरिएको आयोजक समितिकाअर्का सक्रिय सदस्य राधेश्याम कसौधनले बताए । बैशाख पुर्णिमा र बुद्ध जयन्तीमानिकै गर्मि हुनेभएकाले आगन्तुकहरुकालागि शुद्ध खानेपानीको ब्यबस्थागरिएको र अर्कोबर्ष पनियसप्रकारको कार्यलाई निरन्तरतादिईने उनले बताए ।