पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देही-दुई अलग अलग स्थानमा पौडी खेल्नेक्रममा डुबेर रुपन्देहिमा दुईजनाको मृत्यु भएको छ ।रूपन्देहीको सैनामैनामा नगरपालिका वडा नम्बर ३ का काली रह र सैनामैनाकै वडा नम्बर ८ का ईङ्गुरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर उनिहरुको मृत्यु भएको हो ।

कालिरहमा डुबेर मृत्यु हुनेमा सैनामैना नगरपालिका ८ बासगढीका ३२ बर्षिय डोलबहादुर खप्तरी मगर रहेको जनाएको छ । उनी पाँच जना साथीहरूको साथमा पौडी खेल्न गएको बखत सनिवार दिउँसो ३ बजे रहमा डुबेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।त्यस्तै सैनामैना वडा नम्बर ९ शंकरपुर स्थित ईङ्गोरिया खोलामा डुबेर सैनामैना ८ शान्तिनगर बस्ने १८ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो । न्यौपाने सनिवार साझ पाँच बजे खोलामा डुबेको ईलाका प्रहरी कार्यालय सालझण्डिले जनाएको छ ।