जवान देखिन सेवन गर्नुस् पुदिना

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
58 Shares


एजेन्सी -पुदिना चटनी वा अचारको रूपमा तथा खानामा फ्लेवर ल्याउनका लागि प्रयोग गरिन्छ । पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।आयुर्वेदका अनुसार पुदिना स्वेद कारक, उष्ण, दीपन एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ ।

यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरूमा लाभदायी छ । धेरैलाई थाहा हुनसक्छ, पुदिना सुन्दरतामा निखार ल्याउनका लागि पनि प्रयोग गरिन्छ ।छालामा शीतलता प्रदान गर्ने मामिलामा त पुदिनालाई सर्वोत्कृष्ट मान्न सकिन्छ । पुदिनाको मिश्रणलाई अनुहारमा लगाएर औंलाले मालिस गर्ने । १० मिनेटजति पछि सफा पानीले अनुहार पखाल्ने । यो प्रक्रिया हप्तामा दुईपटक दोहोर्‍याउने । ब्ल्याकहेड्स जरैदेखि नासिन्छ ।

पुदिनामा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले डन्डिफोर बनाउने कोषलाई नाश गर्छ । यसले अनुहारको काला धब्बा तथा पोतोसमेत निर्मूल पार्छ । यसका लागि पुदिनको केही पातलाई मसिनो पारेर पिस्ने । यसलाई अनुहारभरि लगाउने । केही बेरपछि सफा पानीले पखाल्ने । यो प्रक्रिया ३ दिन बिराएर नियमित रूपले अँगाल्दा डन्डिफोर तथा पोतोबाट पूर्ण छुटकारा मिल्छ ।पुदिनामा एन्टी अक्सिडेन्ट हुन्छ जसले अनुहारको मृतकोष हटाउँछ । यसले ब्याक्टेरिया मार्न मद्दत गर्छ । यसबाट छाला स्वस्थ एवं मुलायम हुनुका साथै गोरोपन बढ्छ । यसका लागि पुदिनाको केही पातलाई पिस्ने । यसमा एक चिम्टी बेसार र थोरै गुलाबजल मिसाउने । यो लेपलाई अनुहार तथा घाँटीमा लगाउने र पन्ध्र मिनेटसम्म रहन दिने । अनुहार सफा पानीले धुने । यसो गर्दा अनुहार गोरो तथा चमकदार हुन्छ ।पुदिनाले चाउरी हटेपछि जवान देखिन सहयोग पुग्छ । यसका लागि पुदिनाको केही पातलाई बास्ना आउन्जेल उमाल्ने । पुदिनाको बास्ना आउने पानीले अनुहार धुने । दिनमा दुई पटक यो प्रक्रिया दोहोर्‍याउँदा छाला चमकदार, नरम एवं गोरो हुन्छ । पुदिनाको पात पिसेर लगाउनाले छाला सुन्निन र चिलाउनबाट रोक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस