अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियमको कर हटायो

प्रकाशित मिति:

एजेन्सी -अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाएको छ । अमेरिका र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै स्टिलमा लगाउँदै आएको २५ प्रतिशत र आल्मुनियनमा लाग्दै आएको १० प्रतिशत कर ४८ घण्टाभित्रै हट्ने जनाएको हो ।

अमेरिकाले गत वर्ष राष्ट्रिय सुरक्षाको कारण भन्दै विभिन्न देशबाट आयात हुने स्टिल र आल्मुनियनमा भारी शुल्क वृद्धि गरेको थियो । सम्झौताअनुसार अब तीन देशमा विदेशबाट स्टिल र आल्मुनियम खरिद गर्न कुनै सीमा तोकिने छैन । अमेरिका र क्यानडाले आयातको निगरानी गर्ने र कुनै देशले एकदमै बढी खरिद गर्दा आवश्यक परेमा सहमतिबाटै आयात शुल्क लगाउन सक्ने भएका छन् ।आयात शुल्क हटाउनुको मुख्य उद्देश्य अमेरिका–क्यानडा र मेक्सिकोबीच व्यापार सम्झौता गर्नु रहेको बताइएको छ । अमेरिका र मेक्सिको स्टिल र आल्मुनियममाथि लगाएको कर हटाउन सहमत भएमा दुवै देशले व्यापार सम्झौतामा सहमत भएको मानिने छ ।