‘जात्रै जात्रा’ को शनिवारको व्यापार आक्रमक

प्रकाशित मिति:

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ ले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन देशभर ६० देखि ७० प्रतिशतको आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको फिल्म शनिवार बिहानैदेखि शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको छ । वर्ड अफ माउथु बलियो भएका कारण फिल्म हेर्ने दर्शकको ठूलो भीड हलमा ओर्लिएको छ ।

करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल भएका कारण दर्शकमा ‘जात्रै जात्रा’ प्रति ठूलो अपेक्षा थियो । फिल्म दर्शकको अपेक्षामाथि खरो उत्रिएको छ । दर्शकले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भने, समीक्षकहरुले पनि सार्थक सिक्वेलको रुपमा ब्याख्या गरेका छन् । प्रदीप भट्टराई निर्देशित यस फिल्मलाई माउथ पब्लिसिटीको फाइदा बक्सअफिसमा राम्रै परेको छ ।
फिल्मको सिंगल थिएटरभन्दा मल्टीप्लेक्समा व्यापार आक्रामक छ । यो कुरा निर्देशक भट्टराई स्वयं स्वीकार गर्छन् । ह्याट्रिकको दौडमा रहेका उनले ‘जात्रै जात्रा’ लाई दर्शकले रुचाएकोमा खुसी व्यक्त गरे । शनिवार दर्शक प्रतिक्रिया बुझ्न गोपीकृष्ण हलमा पुगेका उनले शनिवार फिल्मको व्यापार देशभर आक्रामक रहेको बताए । फिल्मले दुई दिनमा करोडमाथि व्यापार गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ ।

शुक्रवारको बम्पर ओपनिङलाई शनिवार पनि निरन्तरता दिएको फिल्मलाई मल्टीप्लेक्सहरुले उपलब्ध गराएको कुनै सोजमा दर्शक अभाव भएको छैन । मुलुकको प्रमुख मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार १९ सोज बाँडेको थियो । अधिकांश सोज हाउसफुल भएका थिए । शनिवार जय नेपालमा एक सोज बढाएर २० सोज पुर्‍याएको छ । शनिवार पनि कुनै सोजका सिट खाली भएका छैनन् ।
शनिवार क्यूएफएक्सले प्रदान गरेको प्रायः सोज प्रदर्शन अगावै सोल्ड आउटु भएका छन् । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरु क्यूज, बिग मुभिज, एफक्यूब, विएरआर, सिडिसीलगायतमा पनि फिल्मले दर्शकको उल्लेख्य साथ पाएको छ । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपीकृष्ण, गंगा, अष्टनारायण, गुणलगायतका हल पनि शनिवार बिहानैदेखि हाउसफुल छन् । फिल्म हेरेका दर्शकले लोभलाग्दो प्रतिक्रिया दिएका छन् ।

‘जात्रै जात्रा’ को राजधानीको मात्र रिपोर्ट राम्रो छैन । मोफसलमा सञ्चालित मल्टीप्लेक्स स्क्रिन र सिंगल थिएटर जताततै फिल्म हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । फिल्मले बम्पर ओपनिङ गर्नुलाई ब्रान्ड भ्यालु, स्टारपावर, गीतसंगीत र ट्रेलरको भूमिका महत्त्वपूर्ण मानिएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने देखिएको छ । शनिवार बिहान साढे १० बजे दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न चावहिलको गोपीकृष्ण हल पुगेका फिल्मका अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत निकै खुसी मुद्रामा देखिएका थिए । दुईलाई दर्शकले सेल्फी खिच्न घन्टौंसम्म घेरे । दुईले पनि रमाउँदै सेल्फी खिचे । विपिन र वर्षालाई आँखै अगाडि देख्दा फिल्म हेर्न पुगेका र हेरेर फर्किएका दर्शक निकै खुसी देखिएका थिए । दुबैले दर्शक प्रतिक्रियाबाट खुसी भएको बताएका छन् ।

फिल्म दर्शकको मन(मस्तिष्कमा बस्न सफल भएकोमा वर्षाले खुसी व्यक्त गरिन् । अभिनेता विपिनले आफूले सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलेको बताए । ुदर्शकले यो लेभलमा मन पराउनुहुन्छ होला भन्ने मैले सोचेकै थिइनँ । दर्शकको मायाबाट एकदमै खुसी छु । क्रिटिक्सले चाहिँ नरुचाउनुहोला कि भन्ने डर थियो । आजबाट यो डर पनि हटेको छु, उनी सन्तुष्ट सुनिए । फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । ‘जात्रै जात्रा’ मा विपिन र वर्षाका अलावा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । ‘जात्रा’ जहाँ अन्त्य भएको थियो सिक्वेल त्यहींबाट सुरु हुन्छ । तीन वर्ष जेल जीवन विताएर फर्किएका विपिन र दुई रविन्द्रले अचानक १० केजी सुन भेटाएपछि त्यसलाई लुकाउन गर्ने जात्रामा फिल्म केन्द्रित छ । फिल्ममा जबरजस्ती हँसाउनकै खातिर संवादहरु प्रयोग गरिएको छ ।