नया फिल्म खेल्न चाहादै रेजिना

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
52 Shares


काठमाडौँ विवाहपछि अभिनेत्रीको करिअर पाखा लाग्छ भनिन्छ । एकाधबाहेक प्रायः अभिनेत्री घरजम जोडेपछि लगभग फिल्मबाट टाढिएका छन् । फिल्मबाट टाढिनु रहरभन्दा पनि बाध्यता हो । किनकि, विवाहित अभिनेत्रीलाई लिएर फिल्ममेकर जोखिम उठाउन चाहँदैनन् । अनि, फिल्म नै हातमा नपरेपछि फिल्म क्षेत्रलाई बाई बाई गर्नुको अरु के नै पो विकल्प हुन्छ र र

एक समयकी सफल अभिनेत्री रेजिना उप्रेतीकै कुरा गरौंन । करीब डेढ दशकअघि नेपाली फिल्ममा उनको लोभलाग्दो क्रेज थियो । उनलाई फिल्ममा लिन वर्षौसम्म कुरेर बस्थे, निर्मातारनिर्देशक । जति मागे पनि पारिश्रमिक पाउँथिन् । अभिनय गरेका प्रायः फिल्मले बक्सअफिसमा राम्रै पैसा छापे । जीवन्त अभिनयका कारण अझै पनि दर्शकको मनमा विराजमान छिन्, उनी । तर, समय सधैं एकनासको कहाँ हुन्छ र रु फिल्ममा नयाँ पुस्ताको बाक्लो आगमनसँगै उनको बलियो साम्राज्य चोइटिँदै गयो । कुनै समय ३र४ वटा फिल्मको एकसाथ छायांकनमा व्यस्त हुने रेजिना बिस्तारै वेरोजगार हुँदै गइन् । दर्शकको उनी र उनका फिल्मप्रति चासो घट्दै जान थालेपछि फिल्ममेकर पनि किन उनलाई लिएर जोखिम उठाउन तयार हुन्थे र रु

फिल्म हातमा पर्न छाडेपछि रेजिनाले करीब ६ वर्ष अगाडि घरजम बसाइन् । विवाहपछि त झन् हातमा फिल्म पर्ने कुरै भएन । अहिले उनी एक छोरीकी आमा भइसकेकी छन् । छोरी टुकुरटुकुर हिँड्न थालेपछि केही समययता उनी बाक्लै सार्वजनिक कार्यक्रमहरुमा देखिन थालेकी छन् । विवाहपछि लामो समय उनी फिल्म र सार्वजनिक कार्यक्रमबाट टाढा थिइन् ।
अहिले उनी हरेक हप्ता प्रदर्शनमा आउने फिल्मको टिमलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिने गरेकी छन् । भने, फिल्मको प्रिमियर र अवार्ड समारोहमा समेत बाक्लै उपस्थिति जनाउने गरेकी छन् । यसबाट अनुमान लगाउन गाह्रो पर्दैन कि, उनलाई फेरि एक्सन(कटमा रमाउने रहरले गाँज्न थालेको छ । उनले आफ्नो शरीरलाई गरेको मेन्टेनले पनि यसतर्फ इंकित गर्छ । बुधवार फिल्म ुबीर विक्रम २ु को प्रिमियरमा रेजिना आकर्षक पहिरनमा ठाटिएर पुगेकी थिइन् । उनको पहिरनमा धेरैको नजर अडिएको थियो । उनले मिडियासमक्ष फिल्म गर्ने तिव्र चाहना पनि व्यक्त गरिन् । उनले भनिन्, ुअब चाहिँ फिल्म गर्न तयार छु । राम्रो फिल्मबाट अफर आयो भने गर्छु । अब मलाई लिने वा नलिने त्यो चाहिँ मेकरको हातमा छ ।ु रेजिनाको फिल्म गर्ने रहर बुझ्ने निर्माता पो को होलान् खोइ रु

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न