‘लक्ष्मी बोम्ब’ मा अक्षय ट्रान्सजेन्डर भूत

४ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी -बलिउडका खिलाडी अक्षय कुमार स्टारर फिल्म ुलक्ष्मी बोम्बु को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो । फिल्मको पहिलो पोस्टरमा अक्षयलाई निकै अलग र अद्वितीय अवतारमा देख्न सकिन्छ । यो फिल्म तमिल फिल्म ुकञ्चनाु को हिन्दी रिमेक हो । फिल्ममा अक्षयसँगै लिड रोलमा कियारा आडवाणी हुनेछिन् ।

फिल्ममा अक्षय ट्रान्सजेन्डर भूतको रुपमा देखिनेछन् । यसमा अमिताभ बच्चनले ट्रान्सजेन्डर भूतको भूमिका निभाउने चर्चा थियो । पोस्टरमा अक्षय आँखामा गाजल लगाउँदै देखिएका छन् । यो फिल्मका निर्देशक राघव लारेन्स हुन् । फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । फिल्म अर्को वर्षको ५ अप्रिलमा रिलिज हुनेछ । तमिल फिल्ममा कञ्चनाको रोल आर शरद कुमारले निभाएका थिए । यो फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो । फिल्मको कहानीमा देखाइएको थियो कि, कञ्चना एक ट्रान्सजेन्डर महिला हुन्, जसले आफ्नो मृत्युको बदला लिनका लागि राघवको शरीर चुनेको हुन्छ । रिमेकमा अक्षयले कञ्चनाको भूमिका निभाउँदैछन् ।

फिल्म लक्ष्मी बोम्बु लाई तुषार कपूर र शबीना खानले निर्माण गर्दैछन् । फिल्ममा आर माधवन र शोभिता धुलिपाला पनि मुख्य भूमिकामा देखिनेछन् । अभिनेता अक्षयले पहिलो पटक ट्रान्सजेन्डर महिलाको भूमिका निभाउन लागेका हुन् । सार्वजनिक फर्स्ट लुक पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक